Connect with us
Kapilvast Forest

बुद्धिरामले फेरे वडाको मुहार

२०७८, २२ पुष बिहीबारमा प्रकाशित

 कृष्ण पौडेल -विजयनगर कपिलवस्तु, सुन्दा अचम्म लाग्यो होला । बुद्धिरामले वडाको मुहार कसरी फेरे भन्ने ? लामो समय पछि चुनिएका जनप्रतिनिधिले कतै धेरै विकास गरे त कतै विकासमा नाममा विनाश मात्र भयो । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा ३ का अध्यक्ष बुद्धिराम अर्याल । अर्याल नेकपा एमाले वाट निर्वाचित भएका हुन । जनताका लोकप्रिय मानिने अर्यालले नागरिकहरू सँग गरेका वाचालाई निरन्तर पुरा गरिरहेका छन् ।

सरल स्वभावका अध्यक्ष अर्यालको काम वाट वडा बासीहरू पनि सन्तुष्ट रहेका छन् । लामो समयदेखि जीर्ण तथा अव्यवस्थित भवन सडकको संरक्षणमा अध्यक्षले देखाएको चासोले वडाको मुहार फेरिएको छ । जनताको साथ रहेमा विकासमा सहज हुने अध्यक्ष अर्यालको ठम्याई छ । निर्वाचित भएपछि अध्यक्ष अर्यालले सबै गाउँहरूलाई प्राथमिकता दिँदै विकास गरिरहेको बताएका छन् । यो अवधिमा वडाका विभिन्न गाउँ पुग्ने,सडक कालोपत्रे,कृषि,शिक्षा,स्वास्थ्य लगायतलाई प्राथमिकता दिँदै विकासका कामहरू अघि बढेका छन् ।यस अवधिमा २० किलोमिटर सडक ग्राभेल भएको छ भने ४ किलोमिटर सडक कालोपत्रे भएको छ । वडाका विकट सम्म पुग्ने सडकहरू निर्माण र स्तर उन्नति भएकाले वडावासीलाई आवतजावतमा सहज भएको छ ।

निर्वाचन भएपश्चात वडालाई उज्यालो बनाउन विभिन्न चोकहरूमा सडक बत्ती जडा गरिएको वडा अध्यक्ष अर्यालले बताउनुभयो । कृषि क्षेत्रमा विकासको लागि विभिन्न कृषि समूहहरू दर्ता गरी उनीहरूलाई अनुदान सँगै विभिन्न गाउँहरूमा २० वटा बोरिग प्रदान गरिएको छ । सिँचाइको लागि प्रदान गरिएको वोरिगले उत्पादनमा वृद्धि हुने अनुमान छ । वडामा शुद्ध खानेपानीको लागि गृहकार्य सुरु गरिएको छ ।

ओभरह्याड टङ्कीको लागि डिपिआरको काम भएको छ । वडामा विभिन्न जात समुदायका नागरिकहरू बसोबास गर्ने भएकोले धार्मिक क्षेत्रमा पनि वार्षिक रूपमा विभिन्न कामहरू भएको अध्यक्ष अर्यालको भनाई छ । “यस गाउँमा रहेका मज्जीद,मन्दिरहरू संरक्षणलाई बजेट विनियोजन गरी काम गरेको छु, अर्यालले भन्नुभयो, “वडाका सबै नागरिकहरूमा आपसी भाइचाराको सम्बन्ध सहित सद्भाव कायम गर्न वडा वाट सक्दो प्रयास गरेको छु,।” स्वास्थ्य क्षेत्र वर्थीङ सेन्टर नहुँदा मुख्यतः महिलाहरूको समस्यालाई ध्यान दिँदै वर्थीङ सेन्टर सञ्चालनमा ल्याइएको छ ।

खुल्ला दिशा मुक्त,पूर्ण खोप जस्ता क्रियाकलापमा वडाले धेरै कामहरू गरेको वडा अध्यक्ष अर्यालको दाबी छ । विद्यालयमा जीर्ण रहेका भवनमा नयाँ भवन तथा मदरसाको स्तरउन्नीको लागि वडाले विविध कामहरू गरेको छ । वडाको विकास भइरहेको भन्दै धर्मशाला पनि निर्माण गरेको उहाँको भनाई छ । जनताले दिएको मतलाई सदुपयोग गरी नागरिकहरूको सेवामा घटेको अध्यक्ष अर्यालले बताउनुभयो । कतिपय कामहरू अझै वाकी रहेकोले कामलाई निरन्तरता दिने बताउनुभयो । जिल्लाकै विकट क्षेत्रको रूपमा रहेको विजय नगर तथा वडामा अशिक्षा बेरोजगार सँगै सीमा क्षेत्र नजिक रहेकोले संवेदनशील भएर काम गरिरहेको उहाँले बताउनुभयो । नगर वाट राम्रो सहयोग पाएको भन्दै प्रदेश तथा केन्द्र वाट पनि बजेट ल्याई वडाको विकासमा आफू लागि परेको अर्यालको भनाई छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu