प्रेस चौतारी प्युठानको अध्यक्षमा गिरी
प्युठान-प्रेस चौतारी नेपाल प्युठानको अध्यक्षमा वासुदेव गिरी चयन हुन भएको छ । चौतारीको विहिवार सम्पन्न सातौं जिल्ला अधिवेसनले उहाँलाई अध्यक्ष पदमा सर्वसम्मतिले चयन गरेको हो ।
समितिको उपाध्यक्षमा महेश थापा र शिवा रेग्मी ,सचिबमा डिल बहादुर सहसचिवमा नोमराज पौडेल र शृजना सेनर ,कोषाध्यक्षमा बोम बहादुर परियार चयन हुनु भएको छ । सदस्यहरुमा क्रमश सिता न्यौपाने, तेजेन्द्र बिएम, माया घर्ती र हेमन्त पाठक चुनिनु भएको छ ।
अधिवेशन उद्घाटनमा बोल्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य मणी थापा, पोलिटव्यूरो सदस्य एवं प्यूठान इन्चार्ज तथा पूर्व प्रेस चौतारी इन्चार्ज सूर्य थापा र प्रेस चौतारी नेपालका केन्द्रिय सचिव एवं रासस लुम्विनी प्रदेश प्रमुख भरत केसीले मिडियाले खोजमुलक र अनुसन्धानमुलक समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गर्नु भएको थियो ।