Connect with us
Kapilvast Forest

विकासको यात्रामा डोर्याउने पार्टी एमाले हो :एमालेका पोलिटव्युरो सदस्य भट्टराई

२०७८, २४ पुष शनिबारमा प्रकाशित

कपिलबस्तु-नेकपा एमालेको ९ औ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । यस्तै कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले सिंगो देशको साथमा कपिलबस्तुलाई विकासको यात्रामा डोर्याउने पार्टी एमाले मात्रै रहेको दाबी गर्नुभएको छ । उहाँले कपिलबस्तु जिल्ला जिवन्त संग्राहलयको रुपमा रहेको बताउदै यहाँको पर्यटकिय क्षेत्रको विकासका लागि नेकपा एमालेसंग मात्रै दिर्घकालिन योजना रहेको दाबी गर्नुभयो ।

साथै उहाँले मधेशको पहिचान, विकास र मधेशी जनताको जिवनस्तर बदल्ने काम केवल नेकपा एमालेले मात्रै गरेको र गर्न सक्ने ठोकुवा गर्नुभयो । यस्तै उहाँले नेपालमा गरिवी मुक्त नेपाल निर्माणका लागि लागिपरेको बताउदै बालक देखि बृद्ध सम्मको जिम्मेवारी लिने पार्टी केवल एमाले मात्रै रहेको ठोकुवा गर्नुभयो ्र कार्यक्रममा बोल्दै पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज विमला घिमिरेले नेकपा एमालेलाई कमजोर पार्ने षडयन्त्रलाई कपिलबस्तु जिल्लाले सफल हुन नदिने सन्देश दिनु पर्ने धारणा राख्नुभयो ।

नेकपा एमालेका केन्द्रिय सदस्य गिरधारीलाल न्यौपानेले अबको निर्वाचनमा जिल्लामा नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी गर्नुभयो । पार्टीको निती एजेण्डा कै कारण पछिल्लो समय पार्टीमा प्रवेश गर्नेहरुको जनलहर चलेको बताउदै देश नै एमालेमय भएको औल्याउनुभयो । साथै उहाँले निकट भविष्यमा बन्दुक बोकेका हातहरु अब सुर्य चिन्ह अंकित झण्डा बोक्न आउने दाबी गर्नुभयो ।

यसैगरी कार्यक्रममा कपिलबस्तु अध्यक्ष झविलाल पोख्रेलले आउने समयमा जनताको जनमतबाट नेकपा एमाले फेरी जिम्मेवारीमा आईपुग्ने दावी गर्दै यसका लागी सबै एकतावद्ध भएर लाग्नु पर्ने आवश्यकता औल्याउनुभयो । यसै गरि कार्यक्रममा केन्द्रिय सदस्य तथा कपिलबस्तु इत्र्चाज बलराम अधिकारी, केन्द्रिय सदस्य सिराज अहमद फारुकी, केन्द्रीय लेखा समितीका उपाध्यक्ष तथा प्रदेश सभा सदस्य विष्णु पन्थी, प्रदेश सदस्य धर्म बहादुर लाल श्रीवास्तव, मंगल प्रसाद गुप्ता लागायतले पनि उद्घाटन सत्रलाई सम्बोधन गर्नुभएको थियो ।

यस्तै कार्यक्रमको अवसरमा नेपाली कांग्रेस लगायत विभिन्न पार्टी परित्याग गरि १ दर्जन बढी एमालेमा पार्टी प्रवेश गरेका छन् । सोही अवसरमा २०७२ सालको भुकम्पबाट क्षतिग्रस्त स्थानमा पार्टीको सर्कुलर अनुसार पुननिर्माणमा खटिएका ४८ जनालाई सम्मान समेत गरिएको थियो । उपाध्यक्ष बाबुराम खनालको स्वागत तथा सचिव बाबुराम आचार्यको सञ्चालनमा उद्घाटन सत्र सम्पन्न भएको हो । अधिवेशनमा ६ सय बढी प्रतिनिधीहरु सहभागि भएका छन् । अधिवेशन शनिवार सम्म चल्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu