Connect with us
Kapilvast Forest

एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल सर्वसम्मत निर्वाचित

२०७८, २४ पुष शनिबारमा प्रकाशित

 

कपिलवस्तु-नेकपा एमाले अर्घाखाँचीको आठौं अधिवेशनले पिताम्बर भुसाललाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ।नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य रहेका भुसालको बाहेक अन्यको उक्त पदमा दाबी नरहेपछि उनी सर्वसम्मत अध्यक्ष भएका हुन्।

यसअघि अध्यक्ष पदमा आकांक्षा देखाएका जीवनारायण कोइरालाले भुसाललाई नै समर्थन गरेर उम्मेदवारी नदिने सहमति जनाएपछि भुसाललाई अध्यक्ष हुन सहज बाटो बनेको थियो।

एमाले अर्घाखाँची स्रोतका अनुसार उम्मेदवारी दर्ताको समयसम्म भुसालको मात्रै मनोनयन दर्ता भएको छ। तर निर्वाचन आयोगले भने औपचारिक निर्णय सार्वजनिक गरिसकेको छैन।आदर्श मावि खनदहबाट विस। २०४२ सालमा अनेरास्ववियुबाट विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतीमा प्रवेश गरेका भुसाल २०५४ सालमा साविक बागी गाविसको अध्यक्ष पदमा निर्वाचित भएका थिए।

२४ वर्षदेखि निरन्तर जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य रहेका उनी हाल नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य थिए।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu