रियल म्याड्रिडसँग भ्यालेन्सिया पराजित
एजेन्सी-स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले भ्यालेन्सियालाई ४-१ ले पराजित गर्दै उपाधि होडमा एकपक्षीय अग्रता कायम राखेको छ। शनिबार राति भएको खेलमा करिम बेन्जमा र भिनिसियस जुनियरले समान २-२ गोल गर्दै दोस्रो स्थानको सेभियासँग ८ अंकको अग्रता कायम राखे।
घरेलु मैदान सान्टियागो बर्नेबाउमा भएको खेलमा रियलले करिम बेन्जमाको पेनल्टी मार्फत खेलमा अग्रता लिएको थियो। कासेमिरोमाथि फल भएपछि पाएको पेनल्टीलाई बेन्जमाले ४३ औ मिनेटभमा सदुपयोग गर्दै टीमलाई पहिलो हाफमा १-० को अग्रता दिलाए।
दोस्रो हाफमा भिनिसियस जुनियरले सुरुवातमानै अग्रता दिलाए। उनले ५२ औ मिनेटमा अग्रता दोब्बर बनाए। जुनियरले नै ६१ औ मिनेटमा दुइ डिफेन्डर विट गर्दै टिमको अग्रता ३-० मा पुर्याए।
भ्यालेन्सियाले भने गोन्जालो गुडेसको ७६ औ मिनेटको गोलमा खेलमा फर्किने प्रयास गरेको थियो। पेनाल्टी पाएपछि गुडेसले गरेको प्रहार गोलरक्षकले रोकेका थिए। तर रिबाउन्डमा हेड गर्दै गुडेसलेनै टीमको अग्रता ३-१ मा पुर्याए।
रियलको फराकिलो अग्रता कायम राख्नने क्रममा खेल सकिन निर्धारित समयको दुई मिनेट बाँकी हुँदा बेन्जामाले ब्यक्तिगत दोस्रो तथा टीमका लागि चौंथो गोल गर्दै खेल ४-० ले आफ्नो पक्षमा पारे। जितसँगै रियलले २० खेलबाट ४९ अंक बनाएर शिर्ष स्थानमा कायम रहेको छ। दोस्रो स्थानको सेभियाको ४१ अंक रहेको छ।