एमालेको ललितपुर अध्यक्षमा आचार्य सर्वसम्मत चयन
ललितपुर – नेकपा (एमाले) ललितपुर अध्यक्ष पदमा पुरुषोत्तम आचार्य सर्वसम्मत चयन हुनु भएको छ ।सातदोबाटोस्थित एक पार्टी प्यालेसमा आइतबार राति सम्पन्न अधिवेशनले आचार्यलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
बन्द सत्रको क्रममा भएको सहमति अनुसार उपाध्यक्षमा प्रेमभक्त महर्जन, सचिवमा राम राउत तथा सहसचिवमा श्याम व्यञ्जनकार र तारा सञ्जेल छानिनु भएको छ ।बन्दसत्रमा १ सय २० जनाको नाम पढेर सुनाइएको थियो ।