Connect with us
Kapilvast Forest

एमाले दैलेख अधिवेशन : प्रतिनिधि संख्या भन्दा २७ मत बढी खसेपछि …

२०७८, २८ पुष बुधबारमा प्रकाशित

 

दैलेख -गत शुक्रवार अर्थात नेकपा (एमाले) दैलेखको सातौँ जिल्ला अधिवेशन उद्घाटन भयो। सोही दिन बन्दसत्र नै सुरु नगरी स्थगित भएको अधिवेशन शनिवार मात्रै बन्दसत्र सकियो। त्यसपछि एमाले दैलेखको जिल्ला नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास थालियो।

 

सर्वसम्मतीको सबै प्रयासहरु असफल भएपछि आइतवारबाट निर्वाचन पक्रिया थालियो। निर्वाचन पक्रिया सोमवार मात्रै सकियो। सोमवार निर्वाचन पक्रिया, मतपत्र छपाई लगायतका काम सकिएको थियो।

मंगलवार बिहान साढे ९ बजेबाट सुरु भएको मतदान साँझ झण्डै पाँच बजे सकियो। मतदान सकिएसँगै मुचुल्का उठाउँदा एमालेको नयाँ नेतृत्व चयनका लागि ७१७ मत खसेको निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत हिमालयजंग शाहले जानकारी दिए। मतदान सकिएको झण्डै दुई घण्टापछि दैलेख सदरमुकामस्थित गणेश चोकको योग भवनमा मतगणना सुरु भयो। मत गणना सुरु गर्दा मत पेटिका खोलियो। मत पेटिका खोलेर एमाले अध्यक्ष सहित पदाधिकारी चयनका लागि खसेको मत गणनाका लागि मत पेटिकामा भएका सबै मत गन्दा ७४८ मत भेटियो। लगत्तै एमाले अधिवेशन प्रतिनीधि (मतदाता) भन्दा २७ मत कसरी बढी भयो भन्नेबारे चर्चा सुरु भयो।

नेकपा एमाले दैलेखको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा एमाले अधिवेशन प्रतिनिधिभन्दा २७ मत बढी खसेको छ। एमालेको अधिवेशनका लागि जिल्लाभरबाट ७२१ जना प्रतिनिधि चयन भएका थिए। पदाधिकारीका लागि खसेको मत एमाले प्रतिनिधि भन्दा २७ मत बढी हो। यस्तै मुचुल्का उठाउँदा खसेको भनिएको ७१७ मत भन्दा ३१ बढी मत पदाधिकारी चयनका लागि थपिएको मत पेटिकामा भेटिएको हो।

एमाले प्रतिनिधिभन्दा २७ र मुचुल्का उठाउँदा भनिएको मत भन्दा ३१ मत मतपेटिकामा भेटिएपछि निर्वाचन प्रक्रिया नै बदर गरिएको छ। एमाले अधिवेशनको अध्यक्ष मण्डलले मतदान नै बदर गर्ने निर्णय गरेको हो। एमाले पोलिट्ब्युरो सदस्य तथा दैलेख जिल्ला इन्चार्ज समेत रहेका अध्यक्ष मण्डलका अध्यक्ष लक्ष्मीप्रसाद पोखरेलले मतदान बदर गरिएको बताए।

अध्यक्ष मण्डलका सदस्य तथा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले अहिलेलाई निर्वाचन प्रक्रिया नै बदर गरिएको बताए। उनले अधिवेशनबाट निर्विरोध निर्वाचित भएका पदाधिकारी र जिल्ला कमिटी सदस्यहरुको हकमा सकेसम्म निर्विरोध निर्वाचित भएकाहरुको पद नजाने बताए। ‘सकेसम्म निर्विरोध निर्वाचित हुनु भएका पदाधिकारी र सदस्यहरुको हकमा पद नजाने गरी हामी निणर्यमा पुग्छौँ,’ उनले भने ‘मतदानमा प्रतिनिधि भन्दा पनि बढी मत खसेको विषयमा पार्टीले अनुसन्धान गर्छ।’

यता एमालेका नेता तथा कार्यकर्ताहरुले भने निर्वाचन कमिटीको दोष देखाएको छ। एमालेका युवा नेता जीवन शाहीले निर्वाचन कमिटीलाई कारबाही गर्नुपर्ने बताए। निर्वाचन कमिटीको कमजोरीका कारण एमाले प्रतिनिधि भन्दा पनि बढी मत खस्न पुगेको उनको दाबी छ।

एमाले दैलेखको अध्यक्षका लागि रविन्द्रराज शर्मा र सुर्यबहादुर शाहीको उम्मेदवारी थियो। उपाध्यक्षमा भने नन्दकिशोर बस्नेत निर्विरोध निर्वाचित भएका थिए। यस्तै सचिवमा रुद्र शाही र तिलकप्रसाद रिजालको उम्मेदवारी थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu