Connect with us
Kapilvast Forest

शिवराजमा खेलाडी सम्मान तथा अभिमुखी कार्यक्रम सम्पन्न

२०७८, ३० पुष शुक्रबारमा प्रकाशित

नवराज पौडेल ,कपिलवस्तु- विहीबार कपिलवस्को शिवराज नगरपालिका १ शिवपुरमा खेलाडी सम्मान तथा अभिमुखी कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्यका लागी खेलकुद राष्ट्रका खेलकुद भन्ने मुल नारा सहित बुद्ध शक्ती कराते डोजो कपिलवस्तुको आयोजनामा ब्याल्क बेल्ट प्राप्त गरेका खेलाडी तथा प्रशिक्षक र हालै बंगलादेशमा भएको अन्र्तराष्ट्रिय कराते प्रतियोगितामा पदक हासिल गर्न सफल खेलाडी हरुलाई सम्मान गरिएको हो ।

खेलाडी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा विप्लप का महासचिव नेत्र विक्रम चन्द विप्लपले खेलाडी स्वास्थ्यका लागी मात्र नभई समाज र राष्ट्रका लागी खेल्नुपर्ने बताउनु भयो ।

खेललको माध्यमबाट समाज रुपान्तरण गर्न सकिने जनाउदै जिल्लाका विभिन्न स्थानमा कराते डोजो स्थापना गरि जिल्लालाई कराते खेलको हवका रुपमा स्थापित गर्न आफुले सहयोग गर्ने विश्वास दिलाउनु भयो । खेलक्षेत्र लाई राजनितिकरण का रुपमा नलिई सम्पुर्ण राजनितिक दल, सरकारी तथा गैर सरकारी संघ सस्थाले सहयोग गर्नुपर्ने बताउदै ब्याल्क बेल्ट प्राप्त गरेका खेलाडी तथा प्रशिक्षकहरुलाई शुभकामना अर्पण गर्नुभयो ।

यसैविच खेलाडी सम्मान कार्यक्रम लाई सम्बोधन गर्दै लुम्विनी प्रदेश सभा सदस्य अर्जन केसीले खेल खेल्ने व्याक्ती शारिरिक रुपमा स्वस्थ हुनुका साथै मानसिक रुपमा समेत स्वस्थ हुने, आत्मबल बढ्ने, भएकोले हामी सबैले खेलकुदलाई हाम्रो दिन चर्या बनाउनु पर्ने र खेल खेल्न जरुरी रहेको बताउनु भयो ।

कराते खेलका लागी पहिला खेलाडीहरुलाई जिविको पार्जन गर्न कठिन  भएता पनि अव व्यावसायिक रुपमा विकसित भएकोले ब्याल्क बेल्ट प्राप्त गरेका खेलाडीहरुलाई खेलाडी उत्पादन गर्न उहांले आग्रह गर्नु भयो । कपिलवस्तुमा कराते खेल विकास का लागी सरकारी तथा गैरसरकारी संस्था एवं सम्बन्धित निकाएले ध्यान दिएमा एक घर एक खेलाडी उत्पादन गरि जिल्लालाई कराते खेलको हवका रुपमा स्थापित गर्न सकिने नेपाल कराते महांसघ का जिल्ला अध्यक्ष एवं बुद्ध शक्ती कराते डोजोका मुख्य प्रशिक्षक रामु सुनारले बताउनु भयो ।

स्वस्थ नागरिक निर्माण का लागी कराते खेल महोत्पुर्ण रहेको उहाले बताउनु भयो । कार्यक्रमलाई सम्वोधन गर्र्दै बत्ताहरुले जिल्लामा कराते खेलको विकास भएको बताएका थिए । कार्यक्रमलाई शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख पुर्ण विश्वकर्मा, शिवराज न.पा.का खेल संयोजक नेत्र बेल्वासे,व्यापारसंघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, नेपाली कांग्रेसका युवा नेता अजय थापा, नेकपाका जिल्ला इन्चार्ज जुजारु, राप्रपाका युवा नेता शंकर केसी, खेलप्रेमी तथा समाजसेवि विराट के.सी, सरस्वती मा.वि का प्र.अ विक्रम के.सी, नेकपा शिवराज न.पाका इन्चार्ज पावेल, रा.ज.मो.का प्रतिनिधी तिलक गैरे समाजसेवी सुस्मा वि.क र वाड नं ९ का वडा सदस्य गोपाल थारु लगाएको उपस्थिती रहेको कार्यक्रम खेलप्रेमी तथा पदम सुनार को संचालनमा सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu