शिवराजको भण्डाफोरः अगुवाहरुले भने गलत गरे छौडदैनौँ
- सनिउल्ला धोबी,कपिलवस्तु भदौँ ३०/
कपिलवस्तुको शिवराज नगरपालिकाले ज्यादती गरेको आरोप लगाउदै नागरिक अगुवाहरुले चन्द्रौटामा सभा सम्पन्न गरेका छन । शिवराज नगरपालिकाकोे कार्यालय अगाडी नागरिकहरुले नगरपालिकाले गरेका गलत कार्यहरुको भण्डाफोर गरेको जनाएका छन । नगरपालिकाले आफनो भवन व्यतmीले जग्गा दान गर्दा पनि सार्वजनिक जग्गामा भवन वनाउन लागेको भन्दै असन्तुष्ट भएका हुन ।
नागरिकले जग्गा दिदा दिदै पनि नगरपालीकाले सार्वजनीक जग्गा हडपेर भवन वनाउनु गलत भएको स्थानीय हरि पोख्रेलले वताउनुभएको छ । नागरिकका मुद्धामा नगरपालीकाले कुनै चासो नदिएर एकलौटी ढंगले अगाडी वढेको पोख्रेलले आरोप लगाउनुभएको छ । उहाले नगरपालिका एकलौटी ढगंले गलत क्रियाकलाप गर्दे आएको छ हामीले गलत भेटाए नछाडने बताउनु भयो ।
शिवराज नगरपालीकाका विकासे काममा नितिगत भष्टाचार भईरहेको भन्दै त्यसको स्थानीय स्तरवाटै विरोध हुनुपर्ने समाजवादी पार्टिका नगर अध्यक्ष कृष्णकुमार चौधरीले वताउनुभएको छ । नगरपालीकाले अन्य राजनैतिक दलहरु संग सहकार्य नगरी दम्भका साथ अगाडी वढेको राजपा केन्द्रीय सचिव रवीदत मिश्रले आरोप लगाउनुभएको छ ।

विगत लामो समय पश्चत भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका केही ब्यक्तिले आफुलाई राणा शाही सम्झी रहेका छन । गाउँ समाजको विकासका लागि केही हुन्छ कि भनेर आशावादी भएका तपाई हामी पुन निरास भएको महेताब आलम खाले बताउनु भयो ।
नगरपालिकाको विभेदकारी नितिका कारण हामी पछी परेका छौ । शिवराज नगरपालिकाले हामिलाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्दै आएको छ । हामी नगरपालिकाले गरेको गलत क्रियाकलापको डटेर विरोध गर्दै आएको खाले बताउनु भयो ।
त्यस्तै सभालाई सम्बोधन गर्दै युवा नेता मेनाज खाँले नेकपाको सरकारले समाजमा केही गर्छ कि भनेर अब पनि हामी बस्यो भने देश नै एक दिन सक्नेछ्न । हामिलाई सधै गुमरहामा परेको यस नगरपालिका भ्रष्टाचारको चङुलमा फसेको मेनाजले बताए । सार्वजनीक जग्गामा वन्न लागेको शिवराज नगरपालीकाको भवन निर्माणमा रोक लगाउन माग गर्दै जिल्ला अदालत कपिलवस्तुमा मुद्धा समेत दायर भएको छ । केहिदिन अघि नगरपालीकाले तोकेको ठाउमै कार्यालयको भवन निर्माणको माग गर्दै त्यस क्षेत्रका नागरिकहरुले नगर प्रमुख नेत्रराज अधिकारी समक्ष ज्ञापन पत्र वुझाएका थिए ।