Connect with us
Kapilvast Forest

रियललाई १२ औँ पटक सुपर कप उपाधि

२०७८, ३ माघ सोमबारमा प्रकाशित

 

एजेन्सी-रियल म्याड्रिडले एथ्लेटिक बिल्बाओलाई हराउँदै १२ औँ पटक सुपर कप उपाधिमाथि कब्जा जमाएको छ । रियलको जीतमा लुका मोड्रिच र करिम बेन्जेमाले एक एक गोल गरे ।

 

साउदी अरबको रियादस्थित किंग फहाद अन्तर्राष्ट्रिय स्टेडियममा खेलिएको खेलको पहिलो हाफमा मोड्रिचले रियललाई अग्रता दिलाए । बिल्बाओका खेलाडीले ह्याण्डबल गरेपछि रियलले पेनाल्टी पायो जसलाई बेन्जेमाले सजिलै गोलमा परिणत गरे ।

खेलको अन्त्यतिर रियलका एडर मिलिटाओले हातले बल रोकेपछि मैदानबाहिर जान परेको थियो । बिल्बाओले पनि यसबाट पेनाल्टी पायो तर राउल गार्सियाको प्रहारलाई थियाबट कोर्टवाले उत्कृष्ट बचाऊ गरे । जीतसँगै रियल चिर प्रतिद्वन्द्वी बार्सिलोनाको १३ वटा सुपरकपको कीर्तिमानको नजिक पुगेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu