Connect with us
Kapilvast Forest

शिवराजमा सक्रिय बन्दै कांग्रेस

२०७८, ४ माघ मंगलवारमा प्रकाशित

नवराज पौडेल,कपिलवस्तु-
नेपाली कांग्रेस शिवराज नगरपालिका वडा नं ३ ले मदवामा गांउ कमिटी गठन गरेको छ । नेपाली कांग्रेस वडा नं ३ को कार्यक्रम अन्र्तगत पल्टन थारुको समापतित्वमा २५ सदस्यीय कमिटी गठन गरेको वडा समापति गंगाधर भट्राईले जानकारी दिनुभयो ।जसको उपसभापतीमा राजु भट्राई,निरा थारु, सचिवमा प्रविन विक लगाएतको २५ सदस्यीय कमिटी गठन गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवं नेपाली काग्रेंसका जिल्ला उपसभापती हुमकान्त खनालले नया कमिटीलाई शुभकामना दिदैं अवको स्थानिय तहको चुनाव मा जिल्लालाई कांग्रेसमय बनाउनुपर्ने बताउनुभयो ।

गांउका हरेक सुख दुखमा कांग्रेसको साथ रहेको बताउदै प्रत्येक गांउलाई काग्रेसको हव बनाउने बताउनु भयो । कार्यक्रमलाई महाधिवेशन प्रतिनिधी तथा युवा नेता अजय थापा जिल्ला सदस्य इश्वरी पाण्डेय,नगर सभापती मधुसुदन पोख्रेल,सचिव विस्नु पोख्रेल , युवा नेता शंकर मल्ल, शिक्षक संघका सदस्य देवराज सुनार खुरेन्द्र थारु लगाएतले सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रम वडा सभापति गंगाधर भट्राईको सभापतित्व तथा युवा नेता राजु खरालको संचालनमा सम्पन्न भएको हो ।
यसै विच शिवराज नगरपालिका ५ चन्द्रौटामा दुर्गा गैरेको सभापतित्वमा ११ सदस्यीय टोल समीती गठन गरिएको छ । नेपाली कांग्रेसका जिल्ला सदस्य केशव पाण्डेय लगाएको जिल्ला नेताहरुको सहभागितामा समीती गठन गरिएको जनाइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu