Connect with us
Kapilvast Forest

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन,महामारी नियन्त्रण सरकारको पहिलो प्राथमिकता

२०७८, ७ माघ शुक्रबारमा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ । सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उहाँले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारी नियन्त्रण सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउने अभियान जारी रहेको उहाँको भनाइ छ । प्रधानमनत्री देउवाले विगतमा चैत मसान्तसम्ममा सबै नागरिकमा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराइने गरिएको प्रतिबद्धता अनुरुप सो अभियान अघि बढेको बताउनुभयो ।खोप अभियानका लागि संघ, प्रदेश र केन्द्रलगायत तीनै तहका सरकारले प्रभावकारी समन्वय गरिरहेको उहाँको भनाइ छ ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu