Connect with us
Kapilvast Forest

राप्रपाले विधान नसच्याउने

२०७८, ९ माघ आईतवारमा प्रकाशित

कपिलवस्तु- राष्ट्रिय प्रजातन्त्र पार्टीका लुम्बनी प्रदेशका कोषाध्यक्ष सइद अहमद शाह र नारायण बहादु्र सिंहले पार्टीको विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउन निर्वाचन आयोगले दिएको निर्देशनप्रति आपत्ति जनाउनु भएको छ ।

पार्टीको मुल सिद्धान्तबाट पछि हटेर विधान संशोधन गर्न नसकिने राष्ट्रिय प्रजातन्त्र पार्टीका लुम्बनी प्रदेशका कोषाध्यक्ष सइद अहमद शाह र नारायण बहादु्र सिंहले बताउनु भयो ।

निर्वाचन आयोगले गत २ माघमा राप्रपालाई पत्राचार गर्दै एक हप्ताभित्र विधान संसोधन गरेर पठाउन भनेको छ । यस विषयमा आज पार्टीमा छलफल गरेर आयोगलाई राप्रपा केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले जवाफ दिने जिल्ला अध्यक्ष सिंहले बताउनु भयो ।

‘राष्ट्रिय सार्वभौमिकता विपरितका र हिंसात्मक राजनीतिबाट सत्ता प्राप्त गर्ने एजेन्डाबाहेक सबै विषयवस्तु संविधानले खुल्ला राखेको छ । दुईतिहाई बहुमतले संसदबाटै राजसंस्था र हिन्दू राष्ट्र फर्काउन सकिन्छ । हामी यही एजेन्डालाई लिएर राजनीति गरिरहेका छौं, चुनाव लडिरहेका छौं । हाम्रो विधान कसरी संविधान विपरित भयो भनेर प्रश्न गर्नुभयो ।

हामीले झण्डामा गाई राख्नु संविधानविपरित हुन्छ भने अर्को पार्टीले सुर्य राख्नु संविधानविपरित हुन्छ कि हुँदैन भने प्रश्न गर्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu