Connect with us
Kapilvast Forest

निर्वाचन आयोगको निर्देशनमा लिङदेनको आपत्ति, विधान नसच्याउने अडान 

२०७८, ९ माघ आईतवारमा प्रकाशित

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउन निर्वाचन आयोगले दिएको निर्देशनप्रति आपत्ति जनाउनु भएको छ । पार्टीको मुल सिद्धान्तबाट पछि हटेर विधान संशोधन गर्न नसकिने उहाँले स्पष्ट पार्नु भयो ।

 

आयोगले गत २ माघमा राप्रपालाई पत्राचार गर्दै एक हप्ताभित्र विधान संसोधन गरेर पठाउन भनेको छ । यस विषयमा आज पार्टीमा छलफल गरेर आयोगलाई जवाफ दिइने अध्यक्ष लिङ्देनले बताउनु भयो ।आजै पदाधिकारी वैठक बसेर यसको टुंगो लगाउँछौं उहाँले भन्नुु भयो ।’

आयोगले संविधानको मर्म र भावना विपरित पूर्वाग्रही ढंगले आयोगलाई पत्र पठाएको भन्दै उनले दुख व्यक्त गर्नु भयो । नेपालको संविधानले गणतन्त्र र धर्मपनिरपेक्षतालाई अपरिवर्तनीय नमानेको लिङदेनले आयोगलाई स्मरण गराउनु भयो ।

उहाँले भन्नु भयो , ‘राष्ट्रिय सार्वभौमिकता विपरितका र हिंसात्मक राजनीतिबाट सत्ता प्राप्त गर्ने एजेन्डाबाहेक सबै विषयवस्तु संविधानले खुल्ला राखेको छ । दुईतिहाई बहुमतले संसदबाटै राजसंस्था र हिन्दू राष्ट्र फर्काउन सकिन्छ । हामी यही एजेन्डालाई लिएर राजनीति गरिरहेका छौं, चुनाव लडिरहेका छौं । हाम्रो विधान कसरी संविधानविपरित भयो

विधान संसोधन गर्न दबाब दिएर आयोगले राप्रपामाथि पूर्वाग्रही र ज्यादतीपूर्ण व्यवहार गरेको लिङदेनले बताउनु भयो ।

‘हामीले झण्डामा गाई राख्नु संविधानविपरित हुन्छ भने अर्को पार्टीले सुर्य राख्नु संविधानविपरित हुन्छ कि हुँदैन हाम्रो विधान योभन्दा अगाडि कसरी संविधानअनुकुल भयो र अहिले कसरी संविधानविपरित भयो भन्ने जवाफ हामी खोज्छौं उहाँले भन्नु भयो ।’

राप्रपाले विधान सच्याउने प्रश्नै नआउने बताउँदै उहाँले भन्नु भयो , ‘विगतमा पनि यस्तै प्रकारले पत्र पठाउँदै आएको थियो । तर, हामीले सच्याएका थिएनौं । अहिले पनि सच्याउने कुनै आउँदैन ।’

आयोगको दिएको हदम्यादको पनि कुनै तुक नभएको लिङदेनले बताउनु भयो । उहाँले भन्नु भयो , ‘यस्तो हदम्यादले केही अर्थ राख्दैन । तर, पनि हामी आज वैठक बसेर आयोगलाई जवाफ पठाउने छौं ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu