सशस्त्र प्रहरीको सम्मान समारोह सम्पन्न
कपिलवस्तु– २१औं सशस्त्र प्रहरी दिवस २०७८ को अवसरमा कपिलवस्तुमा सम्मान समारोह सम्पन्न भएको छ ।
नागरिकको सुरक्षाको प्रत्याभुती दिलाउदै सशस्त्र प्रहरी बल नेपाल न ५ विन्धावासिनि बाहिनी लाई सहयोग गरेको भन्दै कपिलवस्तु १३ सहित सशस्त्र प्रहरी बल नेपाल बिन्द्याबासिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलवस्तुका सिनियर अधिकृत, जुनियार अधिकृत र बिल्लादार जवानलाई सम्मानित गरिएको हो ।
प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको हस्ताक्षरमा रहेको प्रमाण पत्रले कपिलवस्तुका ४ जना सहयोगीलाई सम्मानित गरिएको हो ।
सशस्त्र प्रहरी संगठन प्रमुखबाट कपिलवस्तुका जिवलाल पौडेल, गोबिन्द केसी, कृष्ण कुमार चौधरी र सर्फराज खान समेत सम्मानित भएको सशस्त्र प्रहरी बल नेपाल बिन्द्याबासिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलवस्तुका बाहिनीपती सशस्त्र प्रहरी नायब महानिरक्षक कुल बहादुर नेम्वाङले जानकारी दिनु भयो ।
त्यस्तै चन्द्रौटा बाहिनीबाट महादेव पोख्रेल, ईश्वरी पाण्डे, नुरुल हक खान, नारायण भाट, आनन्द भुसाल, शत्रुधन चौधरी, इस्तियाक खान, सफरअलि मिया, मैनुद्दिन खान लागयत सम्मानित हुनुभएको बिन्द्याबासिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलवस्तुले जनाएको छ ।
साथै सशस्त्र प्रहरी बल नेपाल बिन्द्याबासिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलवस्तुका सिनियर अधिकृत, जुनियार अधिकृत र बिल्लादार जवानलाई सम्मानित भएको सशस्त्र प्रहरी सहायक निरीक्षक निलकन्ठ भण्डारीले जानकारी दिनुभयो ।
सुरक्षाको पत्याभुती गराउने आफु मताहतका सिनियर अधिकृत, जुनियर अधिकृत र बिल्लादार जवान समेतलाई सम्मान गरिएको छ ।