Connect with us
Kapilvast Forest

अखिल नेपाल महिला संघ तानसेनको दोश्रो नगर सम्मेलन सप्पन्न

२०७६, ३१ भाद्र मंगलवारमा प्रकाशित

  • दिपक पोखरेल, पाल्पा भदौ ३१.

राष्ट्रिय जनमोर्चा निकट महिला मोर्चा अखिल नेपाल महिला संघ पाल्पा तानसेनको दोश्रो नगर सम्मेलन तानसेनको पाल्पामा सप्पन्न भएको छ ।अनेमसंघ पाल्पा कि अध्यक्ष उमा सिंजालीले कार्यक्रम को उदघाटन गर्नु भएको थियो ,अनेमसंघ पाल्पा कि सचिब नर्मती सिंजाली ले संचालन गर्नु भएको कार्यक्रममा विशिष्ट अतिथि अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष अनिल किशोर घिमिरे ,अतिथी अखिल छैठौं का केन्द्रिय सदस्य पुरन पोख्रेल ,राजमो पाल्पाका अध्यक्ष विशाल दर्लामी ,युबक संघ का जिल्ला सदस्य बिस्नु नेपाली लगाएत रहनु भएको थियो।

कार्यक्रममा बोल्दै युवक अध्यक्ष अनिलकिशोर घिमिरेले महिला माथिका विभेद विरुद्ध महिला हरु उत्रनु पर्ने र पुजीवादी महिला संगठनका कारण नेपाली महिला आन्दोलन पछाडी परेको ले यसका विरुद्ध कडा संघर्स गर्नुपर्ने बताउनु भयो यसैगरी छैठौंका केन्द्रिय सदस्य पुरन पोख्रेल ले स्थानीय निकायमा महिला लक्षित कार्यक्रम को बारेमा निगरानी गर्नुपर्ने र अन्तर्राष्ट्रिय गिरोहले नेपालि संस्कार धर्म संस्कृती भासा माथी धावा बोलिरहेको भन्दै यसका विरुद्ध संघर्स गर्नुपर्ने बताउनु भयो।

राजमो अध्यक्ष विशाल दर्लामीले नयाँ कार्यसमिति लाई बधाइ एबम शुभकामना दिनुभएको थियो भेलाले तुल्सा पन्थको अध्यक्षतामा 9 सदस्य र 4 सल्लाहकार सहित 13 सदस्यीय तानसेन नगर समिती गठन गरेको छ जसको उपाध्यक्षमा यम कुमारी सिन्जाली सचिब बिमला रायमाझी कोषाध्यक्ष रुपा शर्मा सदस्यहरुमा मन्जु थापा,साबित्रा गहतराज,गमिसरा सिंजाली,सीता घिमिरे,ज्योती लम्तरी र सल्लाहकार हरुमा लक्ष्मि थापा,देबि राना ,हरिकला पौडेल ,बिमला रेग्मी रहनुभएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu