Connect with us
Kapilvast Forest

कपिलबस्तु खुला दिसा मुक्त जिल्ला घोषणा

२०७६, १ आश्विन बुधबारमा प्रकाशित

 कपिलबस्तु, भद्रौ ३१ ,
कपिलबस्तु जिल्लालाई एक कार्यक्रमका विच ७४ औं जिल्लाको रुपमा खुला दिशा मुक्त घोषणा गरिएको छ । सो कार्यक्रमको उद्घाटन प्रदेश नं. ५ का प्रमुख उमाकान्त झाले भद्रौ ३१ मंगलबार साबुन पानीले हात धोएर उद्घाटन गरेका थिए । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आज आयोजना गरेको एक समारोहबीच जिल्लालाई खुला दिसा मुक्त जिल्ला घोषणा गरिएको हो । सो समारोहमा खुला दिसा मुक्त जिल्ला घोषणालाई कार्यान्वयन गर्ने सामुदायिक प्रतिबद्धता समेत गरिएको थियो ।

जिल्लामा २०६७ सालदेखि सरसफाई तथा स्वच्छता अभियान सञ्चालन भएता पनि ११ वर्षपछि बल्ल जिल्ला खुल्ला दिसामुक्त घोषणा भएको हो । खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले मंगलवार तौलिहवामा आयोजना गरेको कार्यक्रममा प्रमुख उमाकन्त झालेले ३ वटा बुद्धको जन्मस्थल भएको जिल्ला खुल्ला दिसामुक्त भएको घोषणा गरेका हुन् ।
प्रमुख झाले जव सम्मा मनिसको स्च्छता र व्यहारमा परिवर्तन आउदैन तब सम्म सरसफाईको क्षेत्रमा गरिएको लगानीको प्रतिफल नआउने बताउनु भयो । उनले जिल्लाका सबै पालिकाका प्रमुुख, उपप्रमुख र खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका पदाधिकारीसँग खुल्ला दिसामुक्त जिल्ला घोषणालाई कार्यान्वयन गर्ने प्रतिबद्धता पत्र वाचन गराएका थिए ।

सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखले नागरिकलाई चर्पीको नियमित प्रयोग र व्यवस्थापन गराउने तर्फ निरन्तरता दिने, जोखिमपूर्ण अवस्थामा साबुनपानीले हात धुने कार्यलाई निरन्तरता दिने, जिल्लाका सबै नागरिकलाई सुरक्षित पानी उपलब्ध गराउने, खानेपानी सुरक्षित गर्ने विधिको सचेतना अभिवृद्धि गर्ने, भान्छा र खानेकुरालाई सुरक्षित गर्ने बानीको विकास गर्ने, घरायसी तथा व्यक्तिगत सरसफाई, सार्वजनिक स्थानको सरसफाई, प्राकृतिक श्रोत साधनको संरक्षण र सरसफाई गर्ने र खुल्ला दिसामुक्तलाई दिगो रुपमा सफल पार्न स्वच्छता तथा सरसफाई कार्यलाई गाउंपालिका तथा नगरपालिकाको विशेष कार्यक्रमको रुपमा संचालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। घोषणासँगै अधिकांश वक्ताले कार्यान्वयनमा चुनौती रहेको धारणा व्यक्त गरेका छन् ।
कपिलबस्तु जिल्लामा ६ नगरपालिका र ४ गाउँपालिका गरी १० वटा स्थानिय तहहरु रहेका छन् । जिल्लामा रहेको ९१ हजार ३ सय २१ घर धुरीमा शौचालय निर्माण भए पछि जिल्लालाई खुलादिसा मुक्त घोषणा गरिएको हो । सरकारले यही असोज १३ गते सिंगो मूलुकलाई नै खुल्ला दिसा मुक्त भएको घोषणा गर्दै छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu