कपिलवस्तुमा एक महिलाको मृत्यु, जलाएर हत्या गरिएको आशंका
कपिलवस्तु १ असोज, कपिलवस्तुको बुद्धभुमी नगरपालिका– ६ महुवाको बैरिहवाकी एक महिलको सोमवार राति जलाएर हत्या गरिएको आशंका गरिएको छ । शवको प्रकृति हेर्दा हत्यको आशंका देखिएको हो । आफनी २२ बर्षिया छोरी शीला नाउलाई उनकै श्रीमान जगदीश नाउ सम्धी भिखी नाउ र सम्धीनी बासमतीले जलाएर मारेको मृतकका बुवा बिष्णु नाउले आरोप लगाए । सोमवार राति ११ बजे तिर शीला आफनो कोठमा जलेर गंभीर घाईते अवस्थामा थिईन । कपिलवस्तु नगरपालिका– ५ श्रीरामपुरका मृतकका बुवा बिष्णुले घाटी च्यापेर हत्या गरेका पछि मट्टीतेलले तिन जना मिलेर छोरीलाई जलाएकोे आरोप लगाए ।
उता कोठा भित्र रहेकी शिलालाई ढोका फोरेर निकालिएको प्रहरीले जनाएको छ । उपचारकालागि तौलिहवा अस्पताल ल्यानेक्रममा शिलाको मृत्यु भएको प्रहरी नायब उपरिक्ष सुनिल मल्लले बताए । उनले घटना हत्या वा आत्महत्या अझै यकीन भई नसकेको बताए । शीलाको छाती र पेटको भाग जलेको छ । टाउको र हातमा केही भएको छैन । ५ बर्ष अघि शीलाको बिवाह भएको थियो । गत फागनुमा मात्र गौना गरेर जगदीशले शीलालाई आफनो घर लगेका थिए । बिष्णुका बैनी ज्वाई राजु नाउले शीला र जगदीश बिच यस अघि पकट पकट झैझडा भएको बताए ।
राजुको शैलुन पसलमा जगदीशले काम गर्ने गर्थे । केही कुरा भए पनि आफुलाई जगदीले भन्ने गरे पनि त्यस दिन भने केही जानकारी नगराएको उनले बताए । बिष्णु कै घरबाट करिब ११ बजेतिर घटना बारे मोबाईलमा फोन आएको आफुले नै बिष्णुलाई घटना बारे जानकारी गराएको उनले बताए । उनले पनि शीलाको हत्या गर्रिएको अरोप लगाए । घटना आत्महत्या भएको भन्दै जगदीशले प्रहरीमा निबेदन दिएका छन । जिल्ला प्रहरी कार्यालयमा रहेको जगदीशले आफु त्यस दिन भात खाएर ९ बजेतिर पन्डीपुरमा नाच हेर्न गएको बताए । उनले घरबाट सो घटना बारे आफुलाई खबर आएको उनले बताए । उनले श्रीमिति र आफु बिच कुनै झगडा नभएको र के कारणले घटना भएको थाहा नभएको बताए ।
घटना बारे थाहा पाए पछि शीलाकी आमा गीता नाउ अर्ध चेत बनेकी छिन । उनी अहिले तौलिहवा अस्पतालमा छिन । मृतककी दिदी प्रियाले आफनी बैहिनीको श्रीमान र उनका सासु ससुराले जलाएर मारेको आरोप लगाईन । उनका अनुसार सिलका श्रीमान ससुराले मदिरा सेवन गर्ने गर्छन । ‘ मेरी बैनीलाई सासु ससुराले सधै अपशब्द बोल्ने गाली गलौच गर्ने गर्थे तिनीहरुले नै मारेका हुन ’ उनले आसु झार्दै भनिन ‘तिनीहरुलाई कडा कारबाही हुनु पर्छ’ । मृतकका बुवा बिष्णुले तिन जना बिरुद्ध किटानी जाहेरी दिने बताए । मृतको शव परिक्षणका लागि तौलिहवा अस्पताल लगिएको छ । प्रहरी उपरिक्षक दीप शमसेर जबराले घटना हत्या वा आत्महत्या अझ भन्न नसकिने बताए । शवको परिक्षण र घटनाको अनुसंधान पछि त्यसको यकीन हुने उनले बताए ।