Connect with us
Kapilvast Forest

आज दिनभर वर्षा, बाढि पहिरोको समेत सम्भावना

२०७६, १ आश्विन बुधबारमा प्रकाशित

काठमाडौं : अहिले देशका मध्य,पश्चिम र पूर्वी भूभागका धैरैजसो स्थानमा ठूलो पानी परिरहेको छ।

मनसुनी न्यूनचापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले हिजोदेखि शुरु भएको वर्षा आज दिनभर पनि जारी रहने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

आज प्रदेश १, २, ३, ५ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाले अनुमान गरेको छ। गण्डकी प्रदेशको अधिकांस स्थानमा भारी वर्षा हुने संभावना रहेको छ। प्रदेश नं २, ३ र ५ का अधिकांस स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा पहिरो जान सक्ने र नारायणी लगायतयका नदीहरुमा पानीको बहाव उच्च हुने भएकाले बाढी पुर्वानुमान शाखाले सचेत रहन आग्रह गरेको छ।

यी क्षेत्र भएर बग्ने नदीहरुमा पानीको बहाव बढ्नुका साथै सडक र हवाई यातायातमा समेत अवरोध आउन सक्ने भएकाले सतर्कता अपाउन शाखाले चेतावनी दिएको छ। भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका करण आज रातीसम्मै देशका धेरैजसो स्थानमा पानी पर्नेछ।

बाढी पूर्वानुमान शाखाले  आज कोशी, बागमती, नारायणी, पूर्वी राप्ती रिउखोला, आरुण, तिनाउ, बाणगङ्गा मनहरि लोथरखोला, लालबकैयालगायत मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङ, भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने, केहीमा खतरा तह आसपास पुग्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu