संरक्षण भएन कृष्ण सेन (इच्छुक) को घर
दाङ- तस्वीरमा देखिएको घर स्वर्गीय पत्रकार कृष्ण सेन इच्छुकको हो । यो घर दाङ भालुबाङ्गमा भग्नावशेष अवस्थामा रहेकोे छ ।
आज माघ १५ गते प्रेस सगंठनको स्थापन दिवस मनाइरहदा स्वर्गीय पत्रकारको घर संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन ।
उनको घर भत्किएको अवस्थामा रहेको छ । नेपाली पत्रकारिता जगतमा कृष्ण सेनको अतुलनीय योगदान रहेको छ । कृष्णसेन इच्छुक माओवादी सशस्त्र विद्रोहका बेला नेकपा माओवादीको मुखपत्र जनादेशमा कार्यरत रहेका थिए ।
कृष्णसेन इच्छुकको जन्म वि.सं. २०१३ साल कार्तिक ३ गतेका दिन भारतको देहरादुनमा भएको थियो । सेनको द्न्द्वकालमा राज्य पक्षबाट मारिएका थिए।
उनको मृत्यु २०५९ जेठ १३ महेन्द्र पुलिस क्लबमा भएको थियो ।