Connect with us
Kapilvast Forest

महाराजगंजका जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल

२०७८, १६ माघ आईतवारमा प्रकाशित

कपिलवस्तु– कपिलवस्तुको महाराजगंज नगरपालिका वडा ११ का ३५० जना जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल वितरण गरिएको छ । आईतवार वडा कार्यालय परिसरमा एक कार्यक्रम आयोजना गरि जाडोमा वृद्धवृद्धाहरुलाई न्यानो कम्बल वितरण गरिएको वडा अध्यक्ष जगदिश प्रसाद तिवारीले बताउनुभयो ।

न्यानो कम्बल वितरण गर्दै नगरप्रमुख अब्दुल कलाम खाँले जेष्ठ नागरिकहरु नगरका सान रहेकोले प्रत्येक वर्ष सम्मान गरिएको बताउनुभयो । नगरले सबै क्षेत्रमा विकास गर्दै समृद्ध नगर बनाउन लागि परेको कलामले बताउनुभयो । चिसो बढेको सुरक्षित रहन नगरप्रमुख कलामले नगवासिलाई आग्रह गर्नुभयो ।

वडाको विकास वारे जानकारी दिदै वडा अध्यक्ष तिवारीले वडावासीलाई सहज रुपमा सेवा प्रवाह गरिरहेको बताउनुभयो । सामाजिक सुरक्षा पाउने सबैलाई कम्बल वितरण गरिएको बताउनुभयो ।

जगदिश प्रसाद तिवारीको अध्यक्षता, नगर प्रमुख अब्दुल कलामको प्रमुख आतिथ्यता,निमित्त प्रमुख प्रशासकिय अधिकृत रेश्मीराज अर्याल,शिक्षा शाखा अधिकृत रोशन घिमिरे,दिप नारायण यादव,नेपाली काग्रेसका क्षेत्रिय सचिव गंगेश तिवारी, प्रधानमन्त्री रोजगार कार्यक्रम अधिकृत अनिल पाण्डे लगाएत जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । गंगेश तिवारीको स्वागत मन्तव्यमा रहेको कार्यक्रम वडा सचिव प्रदिप काश्यपको संचालनमा सम्पन्न भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu