Connect with us
Kapilvast Forest

लाउरेलाई थप ११ दिन हिरासतमा राख्न अनुमति

२०७८, १७ माघ सोमबारमा प्रकाशित

 

काठमाडौं – ब्राउन सुगर कारोबार गर्ने समूहसहित पक्राउ परेका चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ लाई थप ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

 

कास्की जिल्ला अदालतले आइतबार थप ११ दिनको म्याद दिएको जिल्ला प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए । अदालतले पहिलोपटक ८ दिन र दोस्रोपटक १८ दिनको समय दिएको थियो । यससँगै लाउरे कम्तीमा ३७ दिन प्रहरी हिरासतमा रहने छन् ।

लागु औषध मुद्दामा प्रहरीले बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ। प्रहरीले लाउरेसहित चारजनालाई पक्राउ गरेको थियो । लाउरे सेवनकर्तामात्र भएको अनुसन्धान अधिकारीहरू बताउँछन् ।

कास्की प्रहरी प्रमुख थापाले ब्राउन सुगरको परीक्षण प्रतिवेदन नआइसकेकाले ढिला भएको बताउनु भयो । ‘हामीले परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाएका थियौं तर प्रतिवेदन अझै आइपुगेको छैन’, एसपी थापाले भन्नु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu