Connect with us
Kapilvast Forest

दर्जीको हत्यापछि परिवारको विचल्ली, ‘किरिया खर्च नै छैन्’

२०७६, १ आश्विन बुधबारमा प्रकाशित

गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका–२ रुम खबाङका मोतिप्रसाद दर्जीको हत्या भएपछि उनका परिवार विचल्लीमा परेका छन् ।

गत भदौ १९ गते राति मदिरा सेवन गरेका तीनजना युवाले घरमा सुतिरहेको अवस्थामा घरमै आएर कुटपिट गर्दा मोतिप्रसाद दर्जीको मृत्यु भएको थियो ।

अत्यन्त गरीब परिवारका दर्जीले आरा चिरेर परिवारको गुजारा चलाउने गर्दथे । दर्जीको मृत्युपछि दुई छोरा,तीन छोरी र श्रीमतीको बिचल्ली भएको स्थानीयवासी विष्णु पुनले जानकारी दिइन ।

पुनले दिएको जानकारी अनुसार कलिला पाँचजना छोराछोरी बुबाको मृत्युपछि भक्कानियर रुने गरेका छन्, भने मृतक दर्जीकी श्रीमती सन्तकुमारी दर्जीको आँखा पनि अझै ओभाएका छैनन् ।

घरको पिँढीमा छोराछोरीसँगै बसेकी दर्जीको आँखामा टिलपिल आँसु भरिन्छ । दर्जीलाई भेट्न तथा समावेदना प्रकट गर्न आउनेहरूलाई देखेर उनका आँखा झनै रसाउँछन् ।

दुई छोरा र तीन छोरीको बीचमा बसेकी सन्तकुमारीलाई श्रीमानको मृत्युको पीडासँगै छोराछोरीको शिक्षादिक्षा, पालनपोषण, घरखर्च चलाउने चिन्ताले पिरोलिरहेको छ ।

भत्किन लागेको घर, बिहानबेलुकी दुई छाक हातमुख जोड्न धौधौ पर्ने परिवारलाई गाउँमा आरा मेसिन चलाएर गुजारा चलाइरहेका मोतिप्रसादको हत्याले परिवारको बिचल्ली भएको छ ।

ज्यालामजदूरी गरी ठूलो परिवार धान्दै आएका श्रीमान्को हत्यासँगै पाँच छोराछोरीको लालनपालनको एक्लो अभिभाराले पिरोलेको श्रीमती सन्तकुमारीले बताइन ।

आर्थिक अभावकै कारण छोराछोरीले गाउँकै सामुदायिक विद्यालयमा समेत नियमित पढ्न नपाइरहेको अवस्थामा शैक्षिक साम्रगी, पोशाकलगायत आवश्यक खर्च जुटाउन नसक्नेमा अब शिक्षा दिक्षाको कुरा भन्दा पनि हातमुख जोड्नसमेत नसक्ने अवस्थामा पुगेको सन्तकुमारीको भनाइ छ ।

‘कमाउने मान्छे गएपछि छोराछोरीको चिन्ताले सताइरहेको छ’ उनले भनिन्,“ओड्ने–ओच्छ्याउने लुगा, अगेनामा पाक्ने खाद्यान्नसमेत नभएको अवस्थामा किरिया खर्च जुटाउनसमेत आफन्तको सहयोग माग्नुपर्ने अवस्थामा भविष्यलाई सम्झिएर सन्तकुमारीले किरियामै रुँदै सहयोगको याचना गरिन् । रासस

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu