Connect with us
Kapilvast Forest

गृहमन्त्री खाण माधव नेपाल निवासमा, एमसीसी र स्थानीय चुनावको मितिबारे छलफल

२०७८, १९ माघ बुधबारमा प्रकाशित

 

काठमाडौं – एमसीसीका कारण सत्ता गठबन्धनमा खटपट भइरहेका बेला गृहमन्त्री बालकृष्ण खाणले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्नु भएको छ ।

 

बिहान साढे १० बजे नेपाल निवास कोटेश्वर पुगेका मन्त्री खाण सवा ११ बजे बाहिरिनु भएको थियो । एमसीसीलाई संसदबाट अनुमोदन गराउन प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनभित्रैबाट सहयोग पाएका छैनन् ।

यसअघि शीर्ष तहमा एमसीसी संसदबाट संकल्प प्रस्तावसहित पारित गर्ने समझदारी भए पनि माओवादी र नेकपा एसभित्र विरोध छ । प्रचण्ड र माधव नेपालले १० दिन समय मागेकामा अब एक साता बाँकी छ ।

प्रधानमन्त्रीले फेब्रुअरी २८ भित्र संसदबाट एमसीसी पारित गर्न खोज्नु भएको छ । सत्ता गठबन्धनका नेता मनाउनेक्रममा खाणलाई कोटश्वर पठाएको बालुवाटार स्रोतले जनाएको छ ।

भेटमा स्थानीय चुनावको मिति जेठ ४ मा तोकिएको विषयमा समेत छलफल भएको बताइएको छ । गठबन्धनमा सहमति नभइ जेठ ४ को मिति तोक्न लागिएकोमा समेत नेपाल असन्तुष्ट छन् ।

यसअघि प्रचण्डसँग छलफल गर्न देउवाले मंगलबार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र गृहमन्त्री खाणलाई खुमलटार पठाउनु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu