मन्त्रालय विभाजन गरेकोमा पश्चात्ताप छैन: मुख्यमन्त्री पाण्डे
हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रालय विभाजन गरेकोमा कुनै पश्चात्ताप नभएको बताउनु भएको छ ।शुक्रबार प्रदेश सरकारको एक सय दिनको उपलब्धि सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले मन्त्रालय विभाजन गरेकोमा आफूलाई कुनै पश्चात्ताप नभएको बताउनु भयो ।
‘मन्त्रालय बढाएकोमा हामीलाई लाज पनि छैन, पश्चात्ताप पनि छैन’, मुख्यमन्त्री पाण्डेले भन्नु भयो । उहाँले संविधानले प्रदेशसभा सदस्यको २० प्रतिशत मन्त्रालय बनाउने अधिकार दिएको भन्दै आफूहरूले संविधानअनुसार नै मन्त्रालय विभाजन गरेको बताउनु भयो ।
प्रदेश सरकारलाई व्यवस्थित रूपमा सञ्चालन गर्दै प्रभावकारी ढंगले काम गर्न मन्त्रालय विभाजन गरेको भन्दै मुख्यमन्त्री पाण्डेले बोलेर नभई काम गरेर देखाउने बताउनु भयो ।
उहाँले भन्नु भयो ‘मन्त्रालय विभाजन गरेर खर्च बढायो भनेर विरोध गर्छन्। सरकारले खर्च नगरेर कसले गर्छ त रु खर्च गर्नैका लागि त सरकार बन्ने हो। नत्र मुख्यमन्त्री एउटाले मात्रै काम गरे भइगयो नि, किन चाहियो अरू मन्त्रालय
उनले यसअघिको सरकारले ल्याएको राम्रो योजनालाई सम्मान गर्दै निरन्तरता दिएको समेत बताएका छन्। एमाले नेतृत्वको सरकारले ल्याएको ५७ अर्ब रुपैयाँबाट खर्च नहुने बजेटलाई रकमान्तर गरेर गठबन्धन सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने उनको भनाइ छ।
गत आर्थिक वर्षहरूमा प्रदेश सरकारले बजेट खर्च गर्न नसकेर फ्रिज हुँदै आएको भन्दै अब त्यस्तो हुन नदिन कार्यान्वयन नहुने योजना र बजेटलाई रकमान्तर गरिने उनले जानकारी दिनु भयो ।पाण्डेले चालू आर्थिक वर्षभित्रै प्रदेश मातहतका सबै कार्यालय एकै ठाउँमा निर्माण गर्ने जग्गा खोजेर निर्माण कार्य सुरु गर्ने दावी समेत गर्नु भयो ।