Connect with us
Kapilvast Forest

राहदानी विभागको अनलाइन फर्म कीर्ते गरी ठगी गर्ने तीन जना पक्राउ

२०७८, २२ माघ शनिबारमा प्रकाशित

pakrau

काठमाडौं  – नेपाल प्रहरीले राहदानी विभागको अनलाइन फर्म कीर्ते गरी ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरमा रहेको राहदानी विभागको हाताबाहिर राहदानीको अनलाइन फर्मको किर्ते गरी सेवाग्राहीबाट रकम लिने सिन्धुपाल्चोक जुगल गाउँपालिकाका दिनेश तामाङ, लमजुङ बेशीसहर नगरपालिकाका नवीनकुमार श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगरका यमबहादुर थापामगरलाई बिहीवार पक्राउ गरी सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राहदानीको अनलाइन फर्म कीर्ते गरी सेवाग्राहीबाट रकम असुल उपर गरेको गोप्य सूचनाका आधारमा तीन जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu