कृष्णनगरका नगर प्रमुख शाहसहित हजार बढी कार्यकर्ता कांग्रेसमा प्रवेश
कपिलवस्तु -कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमख रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । नगरप्रमख शाह आज शनिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको हो । उहाँसहित हजार बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेश शिवराज नगर सभापति मधु पोख्रेलले जानकारी दिन भयो ।
उहाँलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्बर सिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं।३ का सासंद अभिषेक प्रताव शाहले संयुक्त रुपमा स्वागत गर्नु भएको हो ।
नगर प्रमुख शाहसहित ३ वडा अध्यक्ष समेत कांग्रेसमा प्रवेश गराउनु भएको थियो ।शाह २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रवाट कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा विजयी हुनु भएको थियो ।