Connect with us
Kapilvast Forest

यस्तो छ एमसीसी पास गर्छाैं भन्दै प्रधानमन्त्री-प्रचण्डले पठाएको त्यो पत्र

२०७८, २३ माघ आईतवारमा प्रकाशित

 

काठमाडौं- सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उहाँको सहयोगी दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग एमसीसीको बिषयमा असहमति राखे पनि एमसीसी मुख्यालयलाई भने जस्ताको तस्तै पारित गर्ने लिखित प्रतिवद्धता पठाउनु भएको पाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गत असोजमै प्रचण्ड र आफूले एमसीसी मुख्यालयलाई पारित गर्ने पाँच महिनाको समयय मागेर पठाएको खुलाउनु भएको थियो । प्रधानमन्त्रीको सो भनाईलाई माओवादी नेताहरुले प्रतिवाद गरे पनि दुवै नेताले हस्ताक्षर गरेरै एमसीसी मुख्यालयमा पत्र पठाएको पाइएको छ । अमेरिकालाई एमसीसी पास गर्ने भन्दै पत्र पठाउनु भएका प्रचण्डले पार्टीमा भने अहिलेकै अवस्थामा कुनै हालतमा पारित नहुने बताउँदै आउनु भएको छ । तर एमसीसी मुख्यालयले संझौता फिर्ता र कार्यान्वयन मात्र हुने संशोधन संभव नहुने प्रष्ट बटमलाइन सुनाइसकेको छ ।

आफैले गिजोलेको कारण एमसीसी सिधै पारित गर्दा जनता भडकिने र चुनावमा पत्तासाफ हुने निश्कर्षसहित प्रचण्डले कुराफेरे पनि अव निर्णायक दिन आउन लागेको छ । प्रधानमन्त्री देउवाको सचिवालयका एक अधिकारीले जनताटाइम्स डटकमलाई दिएको जानकारी फेब्रुअरी २८ सम्ममा एमसीसी पारित गर्ने प्रतिवद्धतासहित पत्र पठाइएको हो । जहाँ प्रधानमन्त्रीसँगै प्रचण्डको समेत हस्ताक्षर रहेको छ ।

ती सदस्यका अनुसार प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसी मुख्यालयमा पठाउनु भएको पत्रमा एमसीसी पारित गर्ने प्रतिवद्धतासहित मिडियामार्फत जनतालाई एमसीसीबारे सकारात्मक बनाउने उल्लेख छ । यसैगरी पत्रमा सभामुख अग्नि सापकोटा एमसीसीबारे असहमत रहेको संकेत गर्दै एमसीसी सम्झौता यथाशक्य छिटो अनुमोदनका लागि प्रतिनिधि सभामा टेबल गर्न सभामुखलाई हामी संयुक्त रुपमा अनुरोध गर्नेछौं भन्दै प्रतिवद्धता जनाइएको छ ।

यी हुन पत्रमा उल्लेखित पाँच प्रतिवद्धता

१. एमसीसी सम्झौता यथाशक्य छिटो अनुमोदनका लागि प्रतिनिधि सभामा टेबल गर्न सभामुखलाई हामी संयुक्त रुपमा अनुरोध गर्नेछौं ।

२. सम्झौतामाथि उठेका प्रश्नहरुको जवाफमा एमसीसी मुख्यालयले दिएको लिखित स्पष्टीकरण पत्रलाई सत्तारुढ गठबन्धनका दलहरुमाझ छलफल गर्ने र सबै पार्टीका सदस्यहरुलाई राम्रोसँग त्यसबारे सुसूचित गर्ने ।

३. सार्वजनिक रुपमा नेपाली जनतालाई एमसीसीबारे बुझाउन नेपाल सरकारको स्रोत र साधन प्रयोग गर्ने, यस (एमसीसी आयोजना) कार्यान्वयनमा सरकारको सहयोग रहेको उल्लेख गर्ने र यसबारे उठेका प्रश्न र भ्रम निवारण गर्ने ।

४. सत्तारुढ दलहरुले संयुक्त कार्यक्रममार्फत एमसीसी सम्झौता अनुमोदनका लागि सरकार सकारात्मक रहेको दृष्टिकोण प्रवाह गर्ने ।

५. सम्झौता कार्यान्वयनमा सघाउ पुगोस भनेर एमसीए नेपाललाई प्राविधिक र सञ्चार गतिविधिहरु गर्न प्रोत्साहित गर्ने ।

हेर्नुहोस् प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई लेखेको पत्र

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu