Connect with us
Kapilvast Forest

सभामुखले राजीनामा दिनुपर्नेमा एमालेको अडान

२०७८, २४ माघ सोमबारमा प्रकाशित

काठमाडौं- नेकपा एमालेले कारबाही गरेका १४ सांसदलाई नहटाए सभामुखले राजीनामा दिनुपर्ने अडान राखेको छ ।आइतबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचडसँगको छलफलमा सभामुखले निर्णय सच्याउनुपर्ने नभए मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेको एमालेका महासचिव शंकर पोखरेलले उहाँले बताउनु भयो ।

छलफलमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली र पोखरेल सहभागी हुनुन्थ्यो ।“दलले कारबाही गरेकालाई राखेर संसद् चलाउने कुरामा हाम्रो असहमति छ , त्यो चिज नसच्याउने हो भने सभामुखले मार्ग प्रशस्त गर्नुपर्छ ,” उहाँले भन्नु भयो ।

सदनमा प्रतिपक्षीको उपस्थिति गराउन सत्ता पक्षले पहल गर्नुपर्ने उहाँको भनाइ थियो । एमालेले माधव नेपालसहित १४ जनालाई कारबाही गरेको सूचना टाँस नगरेको भन्दै सदन अवरोध गर्दै आएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu