Connect with us
Kapilvast Forest

२०७४ सालको स्थानिय चुनावी परिणाम हेर्दा शिवराजमा

२०७८, २६ माघ बुधबारमा प्रकाशित

न्युज सेन्टर नेपाल ,कपिलवस्तु-स्थानीय तहको दोस्रो निर्वाचन   मिति तोके सगैं चुनावि माहोल बन्न थालेको छ ।मन्त्रि परिषदको निर्णय सगैं स्थानिय तहको चुनाव मिति २०७९ साल वैशाख ३०गते एकै चरणमा हुने भएको छ।

२०७४ सालमा बैशाख ३१, असार १४ र असोज २ गरी तिन चरणमा भएको निर्वाचनको कार्यकाल जेठ ६ गतेदेखि पाँच वर्षे कार्यकाल पुरा गरेर रिक्त हुने स्थानीय तहको दोस्रो निर्वाचन २०७९ साल वैशाख ३०गते एकै चरणमा हुने भएको हो। आगामि निर्वाचन को वहस चल्न थाले सगैं शिवराजका टोल टोलमा २०७४सालम भएको स्थानिय तहको चुनावको मत परिणामलाई स्मरण गर्दै विभिन्न उम्मेदवारको नाम चर्चामा आएको छ ।

२०७४ सालमा भएको निर्वाचनमा कपिलवस्तु शिवराज नगरपालिकामा एमालेले जित हाँसिल गरेको थियो ।त्यसबेला शिवराजमा एमाले सबैभन्दा ठूलो दलका रुपमा स्थापित सगैं जित हात पारेको थियो । त्यतिबेलको निर्वाचनमा तत्कालीन संघीय समाजवादी उपविजेता भएको थियो भने कांग्रेसमा बागि उम्मेद्वारकै कारण अपेक्षाकृत नतिजा ल्याउन सकेको थिएनन । त्यति बेलाको निर्वाचनमा शिवराजमा बलियो उम्मेद्वारको कारण राप्रपाको राम्रो चर्चा रहे पनि अपेक्षाकृत नतिजा ल्याउन भने सकेन ।

आगमि निर्वाचनमा विभिन्न घटानाक्रम र अहिलेको सरकारले सत्ता गठबन्धन कायमै राखेर निर्वाचनमा एमाले एक्लै र अरु दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । तर स्थानिय तहका नेताहरु विच गठबन्धनले उम्मेद्वारीका आकांक्षिहरु पछाडि नहटने देखिन्छ

एमालेबाट शिवराजमा गत स्थानियतहमा विजयी हाँसिल गरेको एमाले आफैँ विभाजित भएर एकीकृत समाजवादी गठन भएको छ भने त्यसबेला शिवराजमा उप विजेता बनेको दल तत्कालीन संघीय समाजवादी हालको जसपा पनि विभाजित भएको छ ।यसपटक पार्टी विभाजनको असर शिवराजमा पनि परेको छ ।त्यसैले पनि कस्तो परिणाम आउला भन्ने चासो व्यक्त हुन थालेको छ।

२०७४ सालमा भएको निर्वाचनमा एमालेबाट नेत्रराज अधिकारीले ६ हजार १ सय ५५ मत ल्याएर जित हाँसिल गर्नु भएको थियो भने तत्कालीन संघीय समाजवादी हालको जसपा बाट उम्मेद्वार बन्नु भएका कृष्ण कुमार चौधरी ले ४ हजार ७ सय मत ल्याएर उप विजेता बन्नु भएको थियो भने त्यति बेलाको स्थानिय निर्वाचनमा मेयरका बलियो उम्मेद्वारको रुपमा रहेका अजय थापा राप्रपाबाट चुनाव लडेर २ हजार सात सय ७१ मत प्राप्त गरेर राप्रपा तेस्रो ठूलो दलका रुपमा स्थापित भएको थियो।

गत निर्वाचनमा नेपाली कांग्रेशबाट बागी उम्मेद्वार रहँदा रहँदै पनि पार्टीबाट टिकट पाएका प्रेम बहादुर सायमाझी २ हजार २ सय ७९ मतका साथमा कांग्रेश चौथो दल बन्न सफल भएको थियो

भने नेपाली कांग्रेशबाट टिकट नपाए पछि स्वतन्त्र तर्फबाट चुनावि मैदानमा उत्रिनु भएका जमसेर अलिमियाले १ हजार ८ सय ६१ म्त ल्याएर पाँचौ स्थान स्थापित गर्नु भएको थियो भने माओवादी केन्द्रबाट मेयर पदका लागि उम्मेद्वार बन्नु भएका प्रकाश पौडेल १ हजार ५ सय ८७ मत ल्याएर छैटौं स्थान हासिल गर्न सफल हुनु भएको थियो । गएको स्थानीय तहको निर्वाचनमा शिवराज नगरपालिकाको नगर प्रमुख पदकालागि एक दर्जन बढि उम्मेदवार हरु चुनावि मैदानमा उत्रिएका थिए ।

त्यस्तै गत स्थानिय निर्वाचनमा शिवराज नगरपालिकाबाट उपमेयर पदमा पनि एमाले बाट शिवकुमारी चौधरीले ५९६२ मत ल्याएर विजयी हुनु भएको थियो भने

तत्कालिन संघीय फोरम पार्टीबाट सुमन यादवले ३ हजार २९ मत ल्याएर उप विजेता बन्नु भएको थियो । त्यस्तै राप्रपाबाट सविता चौधरी २ हजार २३ मतका साथ तेस्रो , स्वतन्त्रबाट उप प्रमुख पदमा उत्रिनु भएका मोहम्मद मुस्ताफा १ हजार ९ सय ५९ मतका साथ चौथो , १ हजार ८ सय ४९ मतका साथ माओवादि केन्द्रबाट उम्मेदवार रहनु भएकि श्वयता योगी पाचौं स्थान ,नेपाली कांग्रेशवाट टिकट नपाए पछि स्वतन्त्र पदबाट उम्मेदवार बन्नु भएका हरि प्रसाद पोख्रेलले १ हजार १ सय ८० मत ल्याएर छैठौं स्थान प्राप्त गर्नु भएको थियो ।

गत निर्वाचनमा शिवराजबाट नगर उप प्रमुख पदका लागि १० जना उम्मेदवारहरु चुनावि मैदानमा उत्रिएका थिए । ११ वटा वडा भएको शिवराजमा गत निर्वाचनमा एमालेले ४ वटा वडा , नेपाली कांग्रेशले १ वटा वडा , तत्कालिन संघीय फोरम पाटीले २ वटा वडा , मामोवादिले १ वडा , मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)ले १ वटा वडा र स्वतन्त्र पदका उम्मेदवारले २ वडा वडा जितेका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu