शिवराजमा चुनावी चर्चा, यी हुन मेयरका आकांक्षीहरु
कपिलवस्तु-निर्वाचन आयोगले स्थानिय तहको निर्वाचनको मिति तोके संगै स्थानिय तहमा नेतृत्व गर्ने आकाक्षिहरु देखिन थालेका छन । विगत ४ बर्ष सम्म गुपचुप रहेकाहरु पनि अहिले आ—आफ्नै पार्टिमा आफ्नो बर्चश्व बनाउन लागि परेका छन ।
स्थानिय तहको निर्वाचनको मिति घोषणा भए संगै कपिलवस्तुको शिवराज नगरपालिकामा पनि मेयरका उम्मेदवारहरुको चोक चोकका चिया पसल , पार्टि कार्यालय , जमगघट स्थलमा चर्चा चल्न थालेको छ । कुन कुन राजनैतिक पार्टिबाट को को मेयरका आकाक्षि छन भन्ने अड्कलबाजि हुन लागेको छ । हामीले नगरका विभिन्न ठाउँमा हुने चर्चाका मेयर पदका पात्रहरुको नामलाई यहाँ उल्लेख गर्ने जमर्को गरेका छौं ।
गत निर्वाचनमा सबै भन्दा बढि मत प्राप्त गर्दै नगरको बागडोर सम्हालि राखेको नेकपा एमाले भित्रबाट मेयरका आकाक्षिहरुको नाम पनि चर्चामा आउन लागेको छ । अहिले नगर प्रमुखको पदमा नै रहनु भएको नेत्रराज अधिकारीको नाम पनि मेयर पदमा आउने भन्ने चर्चाको विषय बनेको छ । मेयर पदमा ५ बर्षे कार्यकाल विताउदै गर्दा नागरिकले अधिकारी नै दोहोरिनु पर्छ पनि भन्न लागेका छन ।
नेकपा एमालेबाटै अर्को नाम पनि मेयर पदको लागी चर्चामा छ त्यो हो महादेव पोखरेल । चिया पसलमा जमघट स्थलमा नगरको मेयरमा पोखरेल आउनु पर्छ भन्ने अर्को चर्चा पनि नगरमा चलेको छ । एमालेमा नै अन्य व्यक्तिहरु मेयरको आकाक्षि भए पनि उनीहरुको भने खासै चर्चा भएको पाइएन ।
यस्तै नेपाली काग्रेसमा पनि मेयरका आंकाक्षिहरुमा हुमाकान्त खनाल , हरि पोखरेल, जमशेर अलि मिया, अजय थापा, प्रेम रायमाझि को नाम चर्चामा आउन लागेको छ । उनीहरुको नाम पनि मेयर पदको उम्मेदवार भन्दै चोकचौराहमा चुनावी गफको विषय बनेको छ । आकाक्षि मध्ये कस्ले पार्टिबाट टिकट ल्याउला भन्ने विषयमा पनि जनमानसमा बहस छ ।
यता जनता समाजवादी पार्टि नेपालका तर्फबाट पनि मेयर पदका आकाक्षिहरुको नाम बजार आएको छ । जसपाबाट कृष्ण कुमार चौधरी, रहिश शाह, तौफिक खाको नाम मेयर पदमा नागरिकले चर्चा गर्न थालेका छन । मेयर पदकै चर्चामा लोकतान्त्रिक समाजवादी पार्टिबाट रविदत्त मिश्रको नाम चर्चामा छ ।नेकपा (एकिकृत समाजवादि)बाट लंका हमाल, जिवलाल पौडेल र क्षेत्रबहादुर खत्रीको नाम चर्चामा रहको छ ।नेकपा माओवादी केन्द्रले भने आधिकारिक उम्मेदवार लाई मात्र बाहिर ल्याउने तयारी गरेको छ ।
आकाक्षिहरुको चर्चा संगै दौडधुप पनि बढ्दै गएको छ । चर्चामा रहेका मेयर पदका उम्मेदवारहरु मध्ये कुन पार्टिबाट कस्ले ल्याउछ मेयरको टिकट त्यो भने हेर्न बाकी नै छ, चर्चा भने चलिरहन्छ ।