प्रचण्डलाई ओलीको जवाफः एमसीसी पास गर्ने प्रतिबद्धता पूरा गर्नुस्
काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पास गर्छौं भनेर अमेरिकासँग गरेको प्रतिबद्धता पूरा गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनौती दिनु भएको छ ।
सत्ताधारी दलहरुले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि एमसीसीबारे पास गर्छौं भनेर अमेरिकासँग भनेको भन्दै ओलीले अब त्यो प्रतिबद्धता पूरा गर्न चूनौती दिनु भएको हो ।
एमसीसी पास गर्ने निर्णय गर्नुप¥यो भन्दै बिहीबार साँझ प्रचण्डले ओलीलाई फोन गरेका थिए । ओलीले त्यसबारे सत्ताधारी दलहरुले नै निर्णय गर्नुपर्ने जवाफ दिनु भयो ।
‘पहिले तपाईंहरुले नै ल्याएको एमसीसी मैले अघि बढाउँदा त्यसलाई मेराविरुद्ध हतियार बनाउनुभयो । तपाईंहरुले अमेरिकी राजदूतलाई दसौंपटक ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि एमसीसी पारित गर्छौं भन्नुभएको रहेछ ।
अर्को त लिखितै बुझाउनुभएको रहेछ,’ ओलीको भनाइ उद्धृत गर्दै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भन्नु भयो , ‘संसदमा तपाईंहरुकै बहुमत छ, यसमा अलमल किन गर्नुहुन्छ रु जनमत किन विभाजित गर्नुहुन्छ ?