नयाँ पार्टीको मुख्य एजेन्डा हिन्दु राष्ट्र :कमल थापा
विराटनगर – राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर नयाँ पार्टी गठनको तयारीमा रहेका नेता कमल थापाले आफ्नो पार्टीको एजेन्डा हिन्दु राष्ट्र हुने बताउनु भएको छ ।नयाँ पार्टी गठनबारे छलफल गर्न प्रदेश १ आएका उहाँले शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीको मुख्य एजेन्डा हिन्दु राष्ट्र, सुशासन र समृद्धि हुने बताउनु भएको छ ।
‘अब मैले नयाँ ढंगबाट अघि बढ्नुपर्नेछ’, उहाँले भन्नु भयो फागुनको पहिलो हप्ताभित्रमा हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेण्डासहितको नयाँ पार्टी गठन हुनेछ ।’राजसंस्थालाई पार्टीको एजेण्डा बनाउने वा नबनाउने भन्ने विषयमा छलफल भइरहेको थापाले बताउनु भयो । उहाँले अमेरिकी सहयोग परियोजना एमसीसी आफैंमा आपत्तिजनक नभएको भन्दै यसबारेमा उठेको आशङ्का र प्रश्नहरुको हल गर्नुपर्ने बताउनु भयो ।
उहाँले आगामी निर्वाचनमा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेको पनि पत्रकारहरुसँग बताउनु भयो ।