Connect with us
Kapilvast Forest

सांसद शाहको लगानी : चोरखोला वासीलाई पानी

२०७८, २९ माघ शनिबारमा प्रकाशित

कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहको व्यक्तिगत लगानीमा चोरखोलाका नागरिकहरूले खानेपानी पाएका छन् । लामो समय देखि दूषित पानी पिउन बाध्य रहेका नागरिकहरूलाई सांसद शाहले आफूले सरकार वाट पाउने तलब बापतको रकमले खानेपानीको व्यवस्थापन गरेको बताउनुभयो । शिवराज नगरपालिका वडा नं १ मा पर्ने चोर खोलामा विद्युत् र टेलिफोन टावर लगायत अन्य समस्याहरू रहेकोले ती समस्यालाई समाधान गर्न आफूले सहयोग गर्ने शाहको भनाई छ ।
केही दिन अघि सांसद शाह चोर खोलामा स्थलगत पुगेर अवलोकन गर्नुभएको थियो । चोर खोलामा भएको समस्या समाधानका लागि आफूले सहयोग गरेको उहाँको भनाई छ । चोर खोला गाउँका ३६ घर परिवारले अब शुद्ध पानी पाउने छन् । शाहको आर्थिक सहयोग पानीको व्यवस्थापन भएको र केही दिनमै औपचारिक रूपमा खानेपानीको उद्घाटन गरिने स्थानीय एम वि सेन्चुरीले बताउनु भयो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu