राप्रपामा १ सय ५० जना प्रवेश
कपिलवस्तु-
राष्ट्रिय प्रजातन्त्र पार्टिको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका ८ विसनपुरमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
अन्य पार्टी परित्याग गरि १ सय ५० जना राप्रपामा प्रवेस्ग गरेको राप्रपा लुम्बिनी प्रदेश कोषाध्यक्ष सईद अहमद शाहले जानकारी दिनु भयो ।
राप्रपा विसनपुरका अध्यक्ष कृष्ण गोपाल चौवेको अध्यक्षमा भएको कार्यक्रममा १ सय ५० जान प्रवेश गरेको राप्रपा लुम्बिनी प्रदेश कोषाध्यक्ष सइद अहमद शाहले जानकारी दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टि लुम्बिनी प्रदेश सचिव राजेन्द्र अधिकारी, प्रदेश सदस्य देवेन्द्र श्रीवास्तव, कपिलवस्तु जिल्ला अध्यक्ष नारायण बहादुर सिहं, जिल्ला उपाध्यक्ष अलिमुननिसा , शिवराज नगर समिती अध्यक्ष राम बहादुर रायमाझी, शिवराज संगठन प्रमुख सफि मोहम्मद मुसलमान लगायतको सहभागीतामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।
उक्त पार्टी प्रवेश कार्यक्रममा राम नरेश पासी, राम वचन यादव, राजेश विश्वकर्मा, बृजेश कुमार यादव, देव कुमार पासी, रहिश मुसलमान, मोलहु लोनिया, छेदी यादव, अब्दुल रहिम मुसलमान, जगन्नाथ कुर्मी लगायत १ सय ५० जना प्रवेश गर्नु भएको छ ।