Connect with us
Kapilvast Forest

८ वर्ष यताकै उच्च भयो कच्चा तेलको मूल्य

२०७८, ३ फाल्गुन मंगलवारमा प्रकाशित

एजेन्सी -कच्चा तेलको मूल्य ८ वर्षकै उच्च विन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ९५ डलर नाघेको छ । यसअघि सन् २०१४ मा कच्चा तेलको मूल्य ९५ डलर नाघेको थियो ।

डिसेम्बर १, २०२१मा कच्चा तेलको मूल्य प्रति ब्यारेल ६९ डल्र थियो । जुन अहिले प्रति ब्यारेल ९५ मा पुगेको छ । अर्थात् साढे दुई महिनामा कच्चा तेलको मूल्य ३७ प्रतिशतले बढेको छ । विज्ञहरूका अनुसार छिट्टै यसले प्रति ब्यारेल १०० डलरको अंक पनि पार गर्नेछ ।

टेक्सासको तेल कम्पनी पायोनियर नेचुरल रिसोर्सेसका स्कट शेफिल्डले भने, ‘यदि पुटिनले आक्रमण गरे कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० देखि १२० डलर पुग्न सक्छ । तर यदि बाइडेनले इरानमाथिको प्रतिबन्ध हटाए भने यसको मूल्य १० डलर घट्नेछ ।’

अहिले तेल कम्पनीहरूले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य, विनिमय दर, कर, पेट्रोल र डिजेलको ढुवानी लागतलगायत अन्य धेरै कुरालाई ध्यानमा राखेर दैनिक पेट्रोल र डिजेलको मूल्य निर्धारण गर्छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu