Connect with us
Kapilvast Forest

सोलुखुम्बुमा सकेट बम भेटियो, डिस्पोजल टोली बोलाइयो

२०७८, ३ फाल्गुन मंगलवारमा प्रकाशित

 

सोलुखुम्बु – जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–२ बेनी स्थित फेरामा सकेट बम भेटिएको छ ।

स्थानीयले बारीमा काम गर्ने क्रममा बम फेला पारेपछि प्रशासनलाई खबर गरेका हुन् । बम फेला पारिएको क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रशासनले जनाएको छ ।

फेरामा सल्लेरीबाट प्रहरी र नेपाली सेनाको टोली पुगेको छ भने बम डिस्पोजलका लागि ओखलढुङ्गाबाट डिस्पोजल टोली बोलाइएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो ।

द्वन्द्वकालीन समयमा लुकाइएको बम फेला परेको हुनसक्ने प्रहरीको अनुमान छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu