Connect with us
Kapilvast Forest

नेकपा (एकिकृत समाजवादी) को बैठक सम्पन्न

२०७८, ३ फाल्गुन मंगलवारमा प्रकाशित

कपिलवस्तुको शिवराज नगरपालिकामा नेकपा (एकिकृत समाजवादी)को शिवराज नगर कमिटिको पूर्ण बैठक सम्पन्न भएको छ । चन्द्रौटामा सम्पन्न भएको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
बैठकले शिवराज नगरपालिका वडा नं. ३ मा वडा कमिटी गठन गर्ने , वडा नं. १, ९, १० र ११ मा वडा कमिटिको पुर्नर गठन गर्ने निर्णय गरेको छ । फागुन महिना भरीमा सदस्यता वितरण गर्ने, मतदाता लगत संकलन गर्ने नगर कमिटिमा ९ जनालाई मनोनित गर्ने निर्णय गरेको छ ।
शिवराज नगर कमिटि सरोज कुमार पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा अबको निर्वाचनमा पार्टिलाई एक ढिक्का बनाई लैजाने गरी पार्टिका क्रियाकलाप अघि बढाउने निर्णय भएको अध्यक्ष पौडेलले बताउनु भयो । बैठकमा पार्टिका निर्वाचन आयोग सदस्य अहमद अब्दुल रउफ,जिल्ला लंका बहादुर हमाल, प्रदेश सदस्य जित बहादुर रावत, जिल्ला कमिटि सदस्य लिलामणि आचार्य, कविता आचार्य, निशा सिग्देल, जगतमान के.सी., सुमित्रा अधिकारी, फिरोज खान, तुल्सिराम छिपी लगायतको उपस्थितीमा सम्पन्न बैठकको संचालन सचिव विष्णु पाण्डेले गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu