Connect with us
Kapilvast Forest

संसद बैठकमा सभामुख उपस्थित नहुने आशंका 

२०७८, ४ फाल्गुन बुधबारमा प्रकाशित

 

काठमाडौं प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित हुने आशंका गरिएको छ । प्रतिनिधिसभाको बैठक बुधबार दिउँसी १ बजेका लागि बोलाइएको छ । सो बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि प्रस्ताव पेस हुने भएपछि सभामुख सापकोटा अनुपस्थित हुने कांग्रेसले आशंका गरेको हो ।

 

माओवादी केन्द्रले यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन गर्न नहुने सभामुख सापकोटा बैठकमा उपस्थित नहुने आशंका गरिएको हो । माओवादीका नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्मा पनि प्रतिनिधिसभाको बुधबारको बैठकमा सहभागी नहुने प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइसकेका छन् ।

अर्थमन्त्री शर्मा बैठकमा सहभागी नहुने भएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्ने भएका छन् । यसर्थ माओवादीका पूर्वनेतासमेत रहेका सभामुख सापकोटा एमसीसी अनुमोदन प्रस्ताव पेस गरिने बुधबारको बैठकमा अनुपस्थित हुने कांग्रेसको आशंका रहेको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu