Connect with us
Kapilvast Forest

देउवा–ओली भेट:पर्ख र हेरको नीतिमा एमाले

२०७८, ६ फाल्गुन शुक्रबारमा प्रकाशित

 

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार राति भएको भेटवार्तापछि एमाले तत्काल प्रतिक्रियाविहीन भएको छ । एमाले तत्काल पर्ख र हेरको नीतिमा रहेको छ ।
शुक्रबार फेरि सत्ता गठबन्धनको बैठक रहेको अवस्थामा त्यसमा कस्तो छलफल हुन्छ र कस्तो प्रतिक्रिया आउँछ भनेर त्यसलाई मध्यनजर गर्ने एमालेको नीति छ ।

 

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच राजनीतिक अवस्थाका बारेमा कुराकानी भएपनि सञ्चारकर्मीलाई जानकारी गराउनुपर्ने गरी कुनै निष्कर्षमा नपुगेको अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले सञ्चारकर्मीहरूलाई बताउनु भयो । शुक्रबार फेरि सत्ता गठबन्धनको बैठक रहेको र त्यसमा कस्तो छलफल हुन्छ, कस्तो प्रतिक्रिया आउँछ एमालेले त्यसलाई मध्यनजर गर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एमसिसी संसदबाट पास गर्नुपर्ने प्रस्ताव गरे पनि सहमति जुट्न नसकेपछि शुक्रबार १० बजे पुनः बैठक बस्ने गरी बैठक विना निष्कर्ष सकिएको थियो ।

बैठकपछि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न भक्तपुरको बालकोटस्थित ओली निवास पुग्नु भएको थियो । सो अवसरमा वर्तमान राजनीतिक अवस्था र अमेरिकी अनुदान सहयोग एमसिसीका बारेमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री देउवा पत्नी आरजूसहित बिहीबार राति ८ः ५० बजे बालकोट पुग्नु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu