Connect with us
Kapilvast Forest

नेपालबाट बाहिरियो पश्चिमी वायु, यस्तो छ आजको मौसम

२०७८, ६ फाल्गुन शुक्रबारमा प्रकाशित

काठमाडौं-नेपालमा हाल कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार यसअघि नेपालको मौसममा आंशिक प्रभाव पारिरहेको पश्चिमी वायुबाट विकसित न्यून चापीय प्रणाली बिहीबार साँझ नेपालबाट बाहिरिएको हो।

यो सँगै पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ।आज दिउँसो पहाडी भेगमा आंशिक बदली हुनुका साथै देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने र पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।आज राति पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध छ।

यस्तो छ आज (शुक्रबार) देशको पहाडी भू(भागमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू(भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती देशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू(भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।