Connect with us
Kapilvast Forest

अब एमसीसी पास हुन्छ:प्रधानमन्त्री देउवा

२०७८, ८ फाल्गुन आईतवारमा प्रकाशित

 

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अब पारित हुने बताउनु भएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नै उहाँले अब पारित हुने बताउनु भएको हो ।

प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुले उनलाई एमसीसी कहिले पास हुन्छ भनी प्रश्न गर्नु भएको थियो । जवाफमा उहाले भन्नु भयो ‘अब पास हुन्छ ।’

प्रतिनिधिसभाको आइतबारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सहयोगसम्बन्धी सम्झौता एमससीसी अनुमोदनका लागि टेबल गर्नु भएो थियो ।