कोरोनाका ३ सय ८८ संक्रमित थपिए, ४ जनाको मृत्यु
काठमाडौं – नेपालमा कोरोनाका थप ३ सय ८८ संक्रमित थपिएका छन् ।८ हजार १ सय ४० जनामा गरिएको परीक्षणमा ३ सय ८८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार २ सय ५ जना संक्रमित निको हुँदा ८ लाख ७३ हजार ४ सय ३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।सोही समयमा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय २५ पुगेको छ ।
देशभर कोरोनाका ११ हजार २ सय ८२ जना सक्रिय संक्रमित छन् ।