नवनियुक्त राजदूत आचार्यले बुधबारबाट पदभार सम्हाल्ने
काठमाडौं-बेलायतका लागि २२ औं राजदूतको रुपमा भर्खरै मात्र नियुक्त भएका राजदूत ज्ञानचन्द्र आचार्य बुधबार जानुहुने भएको छ । लन्डनस्थित नेपाली दूतावास स्रोतका अनुसार राजदूत आचार्य कतार एयरवेजको उडानबाट मंगलबार साँझ काठमाडौँबाट उडेर बुधबार बिहान लन्डन आइपुग्ने तालिका रहेको छ । राजदूत आचार्यले बुधबारबाट नै आफ्नो पदभार समाल्नुहुने छ ।
गतवर्षको अक्टुबर २४ मा तत्कालीन राजदूत लोकदर्शन रेग्मी नेपाल फर्किएपछि नेपाली दूतावास लन्डन राजदूतविहीन बनेको थियो । हाल कार्यबाहक राजदूतको रुपमा काउन्सेलर तथा उपनियोग प्रमुख श्रीमती रोशन खनालले जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।
आचार्यले सन् २००७ देखि सन् २००९ सम्म पूर्व परराष्ट्र सचिव र सन् २०१२ देखि सन् २०१७ सम्म संयुक्त राष्ट्रसंघीय उपमहासचिवको रुपमा काम गर्नु भएएको थियो