स्थानीय तह निर्वाचनका लागि आयोगले माग्यो ८ अर्ब ९५ करोड
काठमाडौ- निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि आठ अर्ब ९५ करोड बजेट माग गरेको छ ।
अयोगले यस अघि करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेको भएपनि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोड बजेट मागेको हो ।आयोगले गर्ने खर्चको अधिकांश भाग मतपत्र छपाइ तथा निर्वाचन सामग्री खरिदमा हुने जनाएको छ ।
निर्वाचनमा लाग्ने खर्चको करिब ९० प्रतिशत बजेट जिल्ला, प्रदेश र निर्वाचन अधिकृतको कार्यालयमा खर्चिने गरी बजेट तयार गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । उक्त रकम मतदान केन्द्रमा खटिने कर्मचारी तथा निर्वाचन अधिकृतको कार्यालयमार्फत हुने छ ।
निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा भने कुल बजेटको करिब १० प्रतिशत मात्रै खर्च हुने अनुमान गरिएको छ ।
यस अघि २०७४ सालको स्थानियतहको निर्वाचनमा ६ अर्ब १३ करोड ९२ लाख खर्च भएको थियो ।