Connect with us
Kapilvast Forest

राप्रपामा ज्ञानेन्द्र शाहीलाई सुशासन विभागको जिम्मेवारी

२०७८, १२ फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्‍न विभागको प्रमुख पदमा जिम्‍मेवारी तोक्नु भएको छ ।पार्टीको विधान बमोजिम अध्यक्ष लिङ्देनले ७ विभागको प्रमुख पदमा जिम्‍मेवारी तोक्नु भएको हो ।

उहाँले राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई सुशासन विभाग प्रमुखको जिम्‍मेवारी दिनु भएको छ भने महामन्त्री राजेन्द्र गुरूङलाई संगठन समन्वय विभाग प्रमुखको जिम्मेवारी तोक्नु भएको छ ।

यस्तै प्रचार विभाग प्रमुखमा प्रवक्ता मोहन श्रेष्ठ, सम्पर्क समाज समन्वय विभाग प्रमुखमा गोपाल दाहाल, प्रवास विभाग प्रमुखमा आनन्द अधिकारी, वाणिज्य क्षेत्र समन्वय विभाग प्रमुखमा लक्ष्मी संग्रौला र खेलकुद विभाग प्रमुखमा दमन बस्नेतलाई अध्‍यक्ष लिङ्देनले जिम्‍मेवारी दिएका प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिनु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu