Connect with us
Kapilvast Forest

डेंगु जाँच्ने ‘किट’ गुणस्तरहीन

२०७६, ६ आश्विन सोमबारमा प्रकाशित

dengu

काठमाडौं । टेकु अस्पतालमा डेंगुको लक्षण परीक्षणमा प्रयोग भएको ‘किट’ गुणस्तरहीन रहेकाे रहस्य खुलेकाे छ । डेंगु भएर अस्पताल पुगेका अधिकाँश बिरामीको परीक्षणमा ‘किट’ मा ‘डेंगु र स्कब टाइफस’ दुबै देखिने गरेपछि किट गुणस्तरहीन रहेको पुष्टि भएको हो ।

पछिल्लोसमय टेकु अस्पताल पुग्ने अधिकाँश बिरामीको रगत किटमार्फत परीक्षण गर्दा त्यस्तै समस्या दोहोरिने गरेको छ । अस्पतालको किटबाट परीक्षण गर्दा लक्षण एउटा , रोग अर्कै देखिने गरेको छ ।

‘डेंगुको लक्षण भएका बिरामी रगत किटमा राखेर परीक्षण गर्दा नभएको पाइयो, जसलाई डेंगु भएको छैन उसमा चाँहि डेंगु भएको रिपोर्ट आयो’ टेकु अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले भने, ‘किटको उपगिता खास्सै छैन ।

क्लिनिकल टेष्ट नै गर्नुपर्छ । प्रकोप थााहा नहुँदाको अवस्थामा हामीले किट प्रयोग गर्यौ, अब यो काम छैन ।’ डेंगु भएको प्रमाणित गर्ने हो भने एलाइजा अथवा पीसीआर विधि आवश्यक रहेको उनले बताए । कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu