Connect with us
Kapilvast Forest

बालकोटमा देउवा र ओलीबीच वार्ता जारी

२०७८, १३ फाल्गुन शुक्रबारमा प्रकाशित

 

काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोट पुग्नु भएको छ ।अहिले वलि निवास वालकोटमा देउवाको साथमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की नेताहरुसहित देउवा बालकोट पुग्नु भएको हो । त्यस्तै एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली पनि वार्तामा सहभागी हुनुन्छ ।

 

दिनभर जसो सत्ता गठबन्धनका नेताहरुसँग छलफल गरेका देउवा ओलीसँग छलफलका लागि बालकोटा पुग्नु भएको हो । देउवाले दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्नु भएको थियो ।

 

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पनि एमसीसीबारे पार्टीको पूर्ववत धारणामा रही गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने निर्णय गरेको थियो । त्यसै अनुसार गठबन्धन पनि जोगाउने र एमसीसीलाई पनि पास गर्ने गरि गठबन्धन लागेको बताइएको थियो ।

तर, देउवा बालकोट जानुले गठबन्धनमा मध्यमार्गी बाटो खोज्ने प्रयास सफल नभएको मान्न सकिन्छ । पछिल्लो समय देउवाले एमालेसँग निरन्तर संवाद गरिरहेका छन् ।

बिहीबार दिउँसो संसद भवनामा देउवा र ओलीबीच छलफल भएको थियो । त्यसपछि साँझ पनि बालुवाटारमा ओली र देउवाबीच छलफल भएको थियो ।त्यसअघि पनि एकपटक देउवा बालकोट र ओली बालुवाटारमा भेटेर संवाद गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj