Connect with us
Kapilvast Forest

उत्पिडित जातिय मुक्ति मोर्चाको जिल्ला अधिवेशन फाल्गुन २८ गते हुने

२०७८, १४ फाल्गुन शनिबारमा प्रकाशित

कपिलवस्तु-नेपाल उत्पिडित जातिय मुक्ति मोर्चा जिल्ला कमिटि कपिलवस्तुको बिस्तारीत बैठक जिल्लाको चन्द्रौटामा सम्पन्न भएको छ । बैठकले फाल्गुन २८ गते चन्द्रौटामा नेपाल उत्पिडित जातिय मुक्ति मोर्चा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै सम्पुर्ण आआफ्नो स्थानबाट जिल्ला अधिवेशन सम्पन्न गर्न नेपाल उत्पिडित जातिय मुक्ति मोर्चा लुम्बनि प्रदेश सचिव तथा नेकपा एमाले जिल्ला कमिटि सचिव सि बि गहतराजले निर्देशन गर्नु भयो । आउदै गरेको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेलाई पहिलो पर्टि बनाउन दलित समुदाय संगठित हुनुपर्ने एमाले जिल्ला कमिटि सचिव सि बि गहतराजले बताउनु भयो ।

नेकपा एमाले समाजमा पछाडि पारीएको दलित समुदायको मुक्तिको बाटो भएको बताउदै आजको २१ औ सताब्दिमा पनि छुवाछुत जस्तो जगन्य अपराधको समाजबाट अन्त गर्नुपर्नेमा नेकपा एमाले जिल्ला कमिटि उप सचिव तथा लुम्बनि प्रदेश सांसद अर्जुन के।सिले जोड दिनु भयो ।
आउदै गरेको स्थानिय तहको निर्वाचनमा पार्टिले महिला दलित सदस्य मात्र दिने संस्कारलाई बद्ने सन्देश सहित कपिलवस्तुको जिल्ला अधिवेशन सम्पन्न होस मुक्ति समाज ईन्चार्ज सुमित्रा परियार बताउनु भयो ।

बैठकले दलित समुदायबाट नेकपा एमाले जिल्ला कमिटिमा सचिव सहित ८ जना निर्वाचित भएकोमा बधाई ज्ञापन गरिएको थियो । साथै नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तुको सर्कुलर पढेर सुनाईएको थियो ।

मुक्ति मोर्चाको बैठकले जिल्ला कमिटि अध्यक्ष टीका सुनारको संयोजकत्वमा ३०१ जनाको मुल आयोजक समिति गठन गर्ने निर्णय गरेकोछ ।
बैठकबाट अध्यक्ष टीका सुनारको संयोजकत्वमा ५ सदस्य प्रतिवेदन लेखन समिति, अध्यक्ष टीका सुनारको संयोजकत्वमा १९ सदस्य आर्थिक संकलन समिति, उपाध्यक्ष राम प्रघट कोरीको संयोजकत्वमा ३ सदस्य प्रतिनिधि छनौट ब्यवस्थापन समिति, पदम सुनारको संयोजकत्वमा ५ सदस्य खाजा ब्यवस्थापन समिति, फर्स विक संयोजकत्वमा ५ सदस्य साउण्ड तथा स्टेज ब्यवस्थापन, निर्मला सुनारको संयोजकत्वमा ५ सदस्य अतिथि ब्यवस्थापन, संजिव गहतराजको संयोजकत्वमा ३ सदस्य प्रचार प्रसार समिति गठन गरेको छ ।


बैठकले कपिलवस्तु जिल्ला भित्र ७ वटा पालिकामा संगठन विस्तार गरेको बाकि रहेकोमा २० गते महाराजगंज नगरपनलिका , २१ गते कृष्णनगर नगरपालिका र २४ गते बुद्धभुमि नगरपालिकामा नगर कमिटि गठन गर्ने निर्णय गरको छ ।
अध्यक्ष टीका सुनार अध्यक्षतामा आयोजित बैठकको संचालन सह सचिव राम बहादुर बि।क ले गर्नु भएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu