Connect with us
Kapilvast Forest

सुन्धारामा सार्वजनिक सवारी तोडफोड

२०७८, १६ फाल्गुन सोमबारमा प्रकाशित

 

काठमाडौं-बन्दकर्ताले सुन्धारास्थित काठमाडौं मल अगाडी सार्वजनिक गाडीमा तोडफोड गरेका छन् । नेपाल बन्द आयोजना गर्नेहरुले ढुंगा हानेर दक्षिणकाली चोभार यातायातको गाडी तोडफोड गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । मोटरसाइकलमा आएकाहरूले गाडीमा ढुंगा हानेर भागेका थिए । ढुंगा प्रहारबाट बा३ख ११५८ नम्बरको बसमा सामान्य क्षति पुगेको छ ।

 

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार बन्दको आह्वान गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu